काठमाडौं– नापोलीलाई हराउँदै इन्टर मिलानले सुपरकोपा इटालियनको उपाधि जितेको छ। नेपाली समयानुसार सोमबार राति भएको खेलमा इन्टर मिलानले नापोलीलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्यो।
पहिलो हाफ गालरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६०औं मिनेटमा नापोली १० खेलाडीमा सीमित भयो। सिमिओनले सोझै रातो कार्ड खाएर मैदान बाहिरिएपछि नापोली १० खेलाडीमा सीमित भएको थियो।
१० खेलाडीमा सीमित नापोलीमाथि भने इन्टर मिलानले खेलको अन्तिम समयमा गोल गर्दै जित निकाल्यो। ९० मिनेटपछिको अतिरिक्त समयको पहिलो मिनेटमा पाभार्डको पासमा लौटारो मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई जिताएका थिए।
अन्तिम मिनेटमा लौटारोको गोलमा विजयी भएको इन्टर मिलानले सुपरकोपाको उपाधि उचाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।