काठमाडौं- स्पेनिस कोपा डेल रे नकआउट फुटबल प्रतियोगिता अन्तर्गत भएको खेलमा सेभिल्ला, जिरोना, सेल्टा भिगो, रियल सोसिडा र मालोर्का गरी पाँच क्लबले जित निकालेका छन्।
सेभिल्लाले गेटाफेलाई ३–१ गोल अन्तरले हरायो। सेभिल्लाको जितमा रामोस एक तथा इसाक रोमेरोले दुई गोल गरे गेटाफेका लागि माटाले एक गोल गरे।
त्यसैगरी सेल्टाले भ्यालेन्सियामाथि ३–१ को नतिजा निकाल्यो। सेल्टाको जितमा लुका डेला टोरेले एक तथा डोभिकासले दुई गोल गरे। भ्यालेन्सियाका लागि पेपेलुले एक गोल गरे।
रियल सोसिडाडले पनि ओसासुनामाथि २–० को नतिजा निकाल्यो। सोसिडाडको जितमा ओयारजाबाल, मेन्डेज र मेरिानोले एक–एक गोल गरे।
यता जिरोनाले भाल्कानोमाथि ३–१ को जित निकाल्यो। जिरोनाको जितमा स्टुआनीले दुई तथा बिन्डले एक गोल गरे। भाल्कानोका लागि एक मात्र गोल रेन्डीले गरेका थिए। मालोर्काले टेनिरिफलाई १–० ले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।