काठमाडौं– एफए कप फुटबल अन्तर्गतका खेलमा नर्विच सिटी, नटिङ्घम फरेस्ट र इभर्टन विजयी भएका छन्। बुधबार राति भएको तेस्रो चरणको खेलमा यी तीन क्लबले जित निकालेका हुन्।
नर्विचले ब्रिस्टोल रोभर्समाथि ३–१ को जित निकाल्यो। नर्विचको जितमा गोम्स सारा, इदाह र म्याक्लिनले एक–एक गोल गरे। ब्रिस्टोलका लागि म्याक्रोमिकले एक गोल गरे।
नटिङ्घम फरेस्टले ब्ल्याकपोलमाथि ३–२ को जित निकाल्यो। नटिङ्घमको जितमा ओमोबामिडेल, डानिलो र वुडले एक–एक गोल गरे। ब्ल्याकपोलका लागि मोर्गन र जोसेफले एक–एक गोल गरे।
एफए कपकै अर्को खेलमा इभर्टनले क्रिस्टल प्यालेसमाथि १–० को कठिन जित निकाल्यो। इभर्टनको जितमा एक मात्र गोल आन्द्रे गोमेजले गरे।
जितसँगै यी तीन वटै क्लब एफएक कपको चौथो चरणमा प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।