काठमाडौं– सुर्खेत जिल्ला फुटबल संघद्वारा आयोजना भएको मैत्रीपूर्ण फुटबल खेलमा कालिकोटलाई सुर्खेतले पराजित गरेको छ।
दुई दिन भएको खेलमा पहिलो दिनको खेलमा ३–० गोल अन्तरले जित हात पारेको सुर्खेतले दोस्रो दिनको खेलमा २–० गोलको जितसँगै समग्रमा ५–० गोलको जित हात पारेको हो।
सुर्खेत जिल्लामा फुटबल खेलको प्रवर्द्धन गर्नका लागि भएको प्रतियोगितामा यो जिल्लाको तेस्रो प्रतियोगिता हो।
जसमा फुटबलमा लागिरहेका पूर्व खेलाडी र व्यवसायीहरुले सहयोग गरेका थिए। सहयोग गर्ने सम्पूर्णलाई फुटबल संघले धन्यवाद पनि ज्ञापन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।