काठमाडौं- किलियान एम्बाप्पेको गोलले पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा लेन्सलाई २-० गोल अन्तरले हराएको छ। यो जितसँगै पीएसजीले अंक तालिकाको शीर्ष स्थानमा रहँदै ८ अंकको अग्रता बनाएको छ।
खेलको ३०औँ मिनेटमा एम्बाप्पेको पासमा ब्राड्ली बारकोलालले गोल गर्दै टोलीलाई अग्रता दिलाए। पहिलो हाफको अन्त्यमा जोनाथन ग्राडिटले रातो कार्ड पाएपछि लेन्स १० खेलाडीमा सीमित बन्यो।
खेलको अन्त्यतिर एम्बाप्पेले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे। यो सिजन पीएसजी लिगमा एक पटक मात्र पराजित भएको छ। १८ खेलपछि पीएसजीको ४३ अंक रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।