काठमाडौं- एथ्लेटिको मड्रिडलाई हराउँदै रियल मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ। दुई पटकको अग्रता जोगाउन नसक्दा एथ्लेटिको मड्रिड सपुरकपबाट बाहिरियो।
९० मिनेटसम्म बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटमा दुई गोल गर्दै रियलले ५–३ को नतिजा निकालेर फाइनल प्रवेश गर्यो। खेलको छैटौं मिनेटमै ग्रिजम्यानको पासमा हार्मोसले गोल गर्दै एथ्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए। लगत्तै २० मिनेटमा रुडिगरले गोल गरेपछि रियलले खेल १–१ को बराबरीमा ल्यायो।
२९औं मिनेटमा कार्भाहालको पासमा मेन्डीले अर्को गोल गर्दै रियललाई २–१ को अग्रता दिलाएका थिए। ३७औं मिनेटमा डि पउलको पासमा ग्रिजम्यानले गोल गरेपछि पुनः खेल २–२ को बराबरीमा आयो। ७८औं मिनेटमा रुडिगरलाई लाग्दै रियलको पास्टमा गोल भएपछि आत्मघाती गोलमार्फत पुनः एथ्लेटिको मड्रिडले ३–२ को अग्रता बनायो।
तर, उक्त अग्रता जोगाउन नसक्दा एथ्लेटिको मड्रिड प्रतियोगिताबाट बाहिरियो। ८५औं मिनेटमा कार्भाहालले गोल गर्दै रियललाई पुनः ३–३ को बराबरीमा ल्याएका थिए। निर्धारित ९० मिनेटसम्म ३–३ को बराबरीमा खेल सकिएपछि थप गरिएको ३० मिनेटमा नतिजा रियलले आफ्नो पक्षमा पार्यो। ११६औं मिनेटमा कार्भाहालले र १२० मिनेटमा होसेलुले गोल गरेपछि ५–३ को नतिजा निकाल्दै रियल मड्रिड स्पेनिस सुपरकपको फाइनलमा प्रवेश गरेको छ।
फाइनलमा रियलले आज हुने बार्सिलोना र ओसासुनाको विजेतासँग उपाधिका लागि खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।