काठमाडौं– काराबाओ कपको सेमिफाइनलअन्तर्गत पहिलो लेगमा चेल्सी पराजित भएको छ। नेपाली समयानुसार मंगलबार राति भएको खेलमा चेल्सी मिडल्सबर्गसँग १–० गोल अन्तरले पराजित भएको हो।
मिडल्सबर्गको घरेलु मैदान बोइस्टेरियस रिभरसाइड रंगशालामा भएको खेलमा बल पोसेसन आफ्नो पकडमा राख्दै निरन्तर आक्रमण गरे पनि चेल्सीले हार टार्न सकेन। मिडल्सबर्गका लागि खेलको ३७औं मिनेटमा जोन्सको पासमा हाक्नीले गोल गर्दै अग्रता दिलाएका थिए।
पहिलो हाफमा मिडल्सबर्गले १–० को अग्रता बनाएको थियो। उक्त अग्रता दोस्रो हाफमा पनि जोगाइराख्दा मिडल्सबर्गले पहिलो लेगमा चेल्सीलाई पराजित गर्यो।
चेल्सीले मिडल्सबर्गको पोस्टमा १८ पटक आक्रमण गरेको थियो। कोल पाल्मरले मात्रै ३ वटा राम्रो मौकालाई गोलमा परिणत गर्न नसक्दा चेल्सीले हार टार्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।