• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बार–न्यायपरिषद् द्वन्द्व : न्यायाधीश नियुक्तिको असन्तुष्टि कि विकृतिविरुद्ध?

64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०८०  २०:३०
1140x725

काठमाडौं– पछिल्लो एक सातादेखि कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसन र न्याय परिषद्का विषयमा शितयुद्ध चलिरहेको छ।

न्याय परिषद्को नियमावली संशोधनलाई लिएर सुरु भएको बार र परिषद्को द्वन्द्व अहिले परिषद्को दुई सदस्यमा बारले टिप्पणी गरेपछि थप विवाद सतहमा आएको छ। परिषद्का सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारीको विषयलाई लिएर बारले परिषद् र सर्वोच्च नेतृत्वमाथि प्रश्न उठाइरहेको छ।

बारले खासगरी आफूहरुको सिफारिसमा परिषद् सदस्य भएका रामप्रसाद श्रेष्ठको बारेमा प्रश्न उठाइरहेको छ। बार एशोसिएसनले गत शुक्रबार न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठविरुद्ध खेद प्रस्ताव पारित गरेपछि यो विवाद न्यायालय भर्सेस कानुन व्यवसायी भएको छ। आफ्नो सिफारिसमा सदस्य बनेका श्रेष्ठप्रति बारले ‘विश्वास नभएको’ निष्कर्ष निकाल्दै टिप्पणी नै गरेपछि उनीमाथि पनि प्रश्न उठेको छ।

बारले न्यायपरिषद्‌विरुद्धसमेत असन्तुष्टिसहित निर्णय गरेर त्यसको पत्र सोमबार मात्रै परिषद्को सचिवालयमा पठाएको थियो। यसअघि बारले पुस १८ गते श्रेष्ठलाई छलफलमा बोलाएको थियो। गत असोजमा न्यायपरिषद्ले गरेको नियमावली संशोधनदेखि नै रुष्ट भएको नेपाल बार एशोसिएसन उच्च अदालत न्यायाधीश नियुक्तिसम्ममा थप बिच्किएको थियो।

bar-war-1704811509.jpg
 

उच्चमा नियुक्ति गर्दा परिषद्ले बारलाई बेवास्ता गर्नुका साथै बारकै सिफारिसमा परेका व्यक्तिलेसमेत नसोधेको र दलगत रुपमा जुनियर मानिसहरुलाई न्यायाधीश बनाएको भनि आलोचना भएपछि बारले थप एक्सन लिएको देखिन्छ। 

बारेले परिषद्को नियमावलीदेखि न्यायाधीश नियुक्तिसम्म छलफलका लागि बोलाएपछि श्रेष्ठले चासो नै दिएनन्। उनले बारलाई आफूलाई सन्चो नभएको भनी जवाफ दिएपछि बारमा वर्तमान पदाधिकारीले यसलाई इगोको रुपमा पनि लिएको देखिन्छ।

आफूहरूले बोलाएको छलफलमा अनुपस्थित भएको भन्दै बारले परिषद् सदस्य श्रेष्ठविरुद्ध निर्णय नै गरेपछि बार र परिषद्काबीचमा नयाँ शितयुद्ध सुरु गरेको बरिष्ठ अधिवक्ताहरुकै बुझाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

२२ सदस्यीय नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिमा त्यो प्रस्तावमाथि पाँच जनाले भने विपक्षमा मत राखेका थिए। बहुमत सदस्यले परिषद्‌मा नियुक्ति भएको आफूहरुको सदस्यलाई बुझ्नुपर्ने बताएका थिए। यसअघि उपेन्द्रकेशरी न्यौपाने र खेमनारायण ढुंगाना सदस्य हुदाँ पनि बारले बोलाएको बैठकमा आएर जवाफ दिएको तर अहिले श्रेष्ठले नटेरेको भन्दै बैठकमा आलोचना भएको थियो।

त्यस्तै बारले अर्का सदस्य रामप्रसाद भण्डारीकोसमेत कार्यशैली उचित र ठीक भएन भन्दै प्रधानमन्त्रीलाईसमेत ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार र प्रधानमन्त्रीको सिफारिसमा सदस्य भएका व्यक्तिको भूमिकामाथि प्रश्न उठेकाले यस्तो निर्णय गरेको बताए।

नेपाल बारले करिब तीन महिनापछि नियमावलीको विवादमा परिषद् सदस्यसँग टक्कर किन लिइरहेको भनी सोधेको प्रश्नमा नेपाल बारमा अध्यक्ष घिमिरेले यो व्यक्तिभन्दा पनि समग्र कानुन व्यवसायीको हितको कुरा जोडिएकाले बारले उठाएको टिप्पणी गरे।

‘अहिले हामीले उठाएको कुरा व्यक्तिको नाममा  होइन। कानुन व्यवसायीको हितमा बोलेको हो,’ उनले भने, ‘बारले सिफारिस गरेका व्यक्ति भएकाले बारको हितमा काम भयो कि भएन। भएन भने किन भएन भनेर बारले छलफल गर्नसक्छ र बोलाउँदा उपस्थित हुनुपर्छ।’

उनले बारको प्रतिनिधित्व र हितका लागि उनलाई पठाएको र बारकै कुरा नभएपछि आफूहरुले छलफलमा बोलाएको बताए। तर, छलफललाई नै छल्ने वा नटर्ने कार्य गरेका कारण थप टिप्पणी र निर्णय बारले गरेको उनले बताए। ‘हामीले अभियान सुरु गरिसकेका छौं छोड्दैनौं। यो व्यक्तिको विरुद्धको होइन। न्याय परिषद्‌विरुद्ध हो,’ अध्यक्ष घिमिरले भने, ‘रामप्रसाद श्रेष्ठ एउटा पात्रमा हो। हामीले पठाएको प्रतिनिधिले हामीलाई जवाफ दिनुपर्छ। न्यायालय पुनर्संरचनाको कुरा नै अब उठ्छ।’

जारी विवादबारे परिषद् सदस्य श्रेष्ठले भने टिप्पणी गर्न अस्वीकार गरे। उनले आफ्नो केही प्रतिक्रिया नभएको भन्दै पन्छिए। ‘बारले बोलाएको थियो। म बिरामी भएकाले जान पाइन त्यही जानकारी गराएको थिएँ,’ उनले भने। तर यो विवाद केही समय चल्ने देखिएको छ। बारको प्रतिनिधित्व गरेपछि श्रेष्ठ फरक राजनीतिक पृष्ठभूमिको भएका कारण पनि बारले दबाब दिएको बारभित्रै टिप्पणी उठिरहेको छ।

भर्खर उच्च अदालतको नियुक्ति, सर्वोच्च अदालतको नियुक्तिका साथै जिल्ला अदालतमा भविष्यमा हुने नियुक्तिमासमेत बारले आफूलाई तयार राख्न परिषद्सँग अहिले शितयुद्ध सुरु गरेको न्यायालयको टिप्पणी छ। सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि बारको आन्दोलन अहिलेको समयमा उपयुक्त नभएको बताएका छन्।

बारले न्यायालय शुद्धीकरणको कुरा उठाउनु राम्रो देखिए पनि आन्दोलन ‘भ्यालुज’मा हो कि अपरिपक्व निर्णय हो ख्याल गर्नुपर्ने एक न्यायाधीशको टिप्पणी छ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत
सम्बन्धित सामग्री
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता राष्ट्रपति भवन शीतल निवासमा मंगलबार भेटवार्ता भएको हो । मंगलबार, वैशाख २९, २०८३
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार अर्थ समितिमा बजेट निर्माणका सन्दर्भमा सरकारको नीति तथा कार्यक्रमलगायत विषयमा सांसदहरूले राखेको सवालमा अर्थमन्त्री वाग्लेले स... मंगलबार, वैशाख २९, २०८३
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत प्रतिनिधि सभा सांसदसमेत रहेकी पार्टी सचिव पद्माकुमारी अर्याललाई संसदीय दल उपनेता मनोनीत गरिएको हो। मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र सभामुख अर्यालबिच भेटवार्ता मंगलबार, वैशाख २९, २०८३
जेठ १५ को मध्याह्नमा बजेट आउँछ, मध्यरातसम्म हामी बजेट लेखिरहेका हुन्छौँ : अर्थमन्त्री वाग्ले मंगलबार, वैशाख २९, २०८३
एमाले संसदीय दलको उपनेतामा अर्याल मनोनीत मंगलबार, वैशाख २९, २०८३
देउवा समूहको प्रदेशस्तरीय भेला विराटनगरमा आजदेखि सुरु मंगलबार, वैशाख २९, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
यस्तो छ आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ) सोमबार, वैशाख २८, २०८३
विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्