काठमाडौ- म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा प्रवेश गरको छ। सोमबार राति भएको खेलमा विगन एथ्लेटिकलाई २-० गोल अन्तरले हराउँदै युनाइटेड चौथो चरणमा प्रवेश गरेको हो।
रास्फोर्डको पासमा २२औं मिनेटमा डालोटले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० को अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप अर्को गोल गर्यो।
ब्रनो फर्नान्डेसलाई डि–बक्सभित्र लडाएपछि युनाइटेडले पेनाल्टी पाएको थियो। ७४औं मिनेटमा फर्नान्डेसले नै पेनाल्टीमार्फत गोल गरेपछि युनाइटेडले २-० को जित निकाल्यो।
खेलको प्लेअर अफ दी म्याच भने एथ्लेटिकका साम टिक्ले भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।