• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २९, २०८३ Tue, May 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल बन्दै माओवादी केन्द्र

64x64
नेपाल लाइभ सोमबार, पुस २३, २०८०  १३:०२
1140x725
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (फाइल तस्बिर)

काठमाडौं– प्रतिनिधि सभाको २७५ सिटमध्ये ३२ सिटसहित तेस्रो ठूलो दल रहेको नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा भने सबैभन्दा ठूलो दल बन्ने भएको छ। राष्ट्रिय सभा निर्वाचनको मत परिणाम धेरै हदसम्म पहिल्यै आकलन गर्न सकिने भएकाले आगामी फागुनपछि ऊ सबैभन्दा ठूलो दल बन्ने सम्भावना देखिएको हो।

राष्ट्रिय सभाका २० सदस्यको पदावधि यही फागुन २० पछि सकिँदैछ। २० मध्ये १९ स्थानका लागि माघ ११ मा निर्वाचन हुँदैछ। अर्को एक व्यक्ति भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन्।

फागुन २० गते पदावधि सकिनेमा एमालेका ९ जना छन्, जसमा एमाले सरकारले आफ्नो तर्फबाट मनोनित सिफारिस गरेको विमला राई पौड्याल पनि छिन्। कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाको १ र स्वतन्त्र १ जना छन्। पौड्यालबाहेक बाँकी १९ पदका लागि निर्वाचन हुन लागेको हो।

१९ स्थानका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरूले साझा उम्मेदवार तयार गरेका छन्। त्यसका लागि उनीहरूले संख्यात्मक रुपमा भागबण्डा गरेका छन्। जसअनुसार, कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ पदका लागि उम्मेदवारी दिँदैछन्। सोमबार उम्मेदवारी दिने कार्यतालिका छ।

राष्ट्रिय सभा निर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्यहरू, सोही प्रदेशमा पर्ने स्थानीय तहहरूका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षले मत दिनेछन्। प्रदेश सभा सदस्यसँग मतभार ५३ र स्थानीय तहहरूका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसँग मतभार १९ छ। उल्लेखित मतदाताको संख्या र मतभार केलाउँला सातै प्रदेशमा सत्ता गठबन्धनका दलहरूसँग सहज बहुमत छ। ठूलो संख्यामा जनप्रतिनिधिहरूले गठबन्धनका उम्मेदवारमाथि अन्तर्घात नगरेमा गठबन्धनकै उम्मेदवारहरूले जित्ने निश्चित छ।

अहिले राष्ट्रिय सभामा एमाले सबैभन्दा ठूलो दल छ। एमालेसँग अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १८ सिट छ। १८ सिटमा उसकै तर्फबाट राष्ट्रपतिले मनोनित गरेकी विमला राई पौड्याललाई पनि जोडिएको छ। त्यस्तै, माओवादी केन्द्रसँग उपाध्यक्ष उर्मिला अर्यालसहित १६ सिट छ। यसमा उसकै तर्फबाट राष्ट्रपतिले मनोनित गरेका नारायण प्रसाद दाहाललाई पनि जोडिएको छ।

त्यस्तै, राष्ट्रिय सभामा कांग्रेससँग १०, एकीकृत समाजवादीसँग ८, जसपासँग ३, लोसपासँग १, राजमोसँग १ सिट छन्। राष्ट्रिय स्वतन्त्र उम्मेदवार १ जना (खिमलाल देवकोटा) छन्। राष्ट्रपतिबाट मनोनित बामदेव गौतम भने आफ्नै अभियानमा छन्। तत्कालीन नेकपाको सरकारबाट सिफारिस भएर मनोनित भए पनि उनी एमाले वा माओवादी केन्द्रसँग जोडिएका छैनन्।

माओवादी केन्द्रका १५ मध्ये ३ सांसदको पदावधि फागुनपछि सकिँदैछन्। तर माघको निर्वाचनपछि ६ जना थपिनेछन्। राष्ट्रपतिबाट मनोनित भएका एक सांसद (नारायणप्रसाद दाहाल) पनि माओवादी केन्द्रसँगै भएकाले फागुनपछि यो पार्टीको सांसद संख्या १९ पुग्नेछ।

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, कांग्रेसका १० मध्ये ४ सांसदको पदावधि सकिनेछ। तर निर्वाचनबाट उसलाई १० सिट प्राप्त हुने देखिन्छ। त्यसो भएमा सो पार्टीको सांसद संख्या १६ पुग्नेछ।

एकीकृत समाजवादी र जसपाका क्रमशः २ र १ सांसदको पदावधि सकिँदैछ। तर निर्वाचनबाट उनीहरूलाई सोही संख्यामा सिट प्राप्त हुने भएकाले उनीहरूको कुल संख्यामा परिवर्तन आउने छैन। ती दलको आकार क्रमशः ८ र ३ हुनेछ।

अहिले १८ सिट रहेको एमालेका ९ सांसदको पदावधि सकिँदैछ। तर निर्वाचनबाट उसले कुनै सिट थप्ने देखिँदैन। जसले गर्दा आगामी फागुनपछि राष्ट्रिय सभामा उसको सिट संख्या ९ मात्रै हुनेछ।

लोसपाका १ सांसद यथावत् रहनेछन्। राजमोका १ सांसदको पदावधि पनि यथावत् रहनेछ। तर राष्ट्रपतिबाट मनोनित १ स्थानमा राजमोकी दुर्गा पौडेललाई नियुक्त गर्ने गठबन्धनमा सहमति भइसकेकाले पछि यो पार्टीसँग राष्ट्रिय सभामा २ सांसद हुनेछन्।

राष्ट्रपतिबाट मनोनित बामदेव गौतम पनि यथावत् रहनेछन्।

यसरी केही महिनापछि राष्ट्रिय सभामा माओवादी केन्द्रको १९ (राष्ट्रपतिबाट मनोनित १ सहित), कांग्रेसको १६, एमालेको ९, एकीकृत समाजवादीको ८, जसपाको ३, राजमोको २ (राष्ट्रपतिबाट मनोनित १ सहित), लोसपाको १ र राष्ट्रपतिबाट मनोनित बामदेव गौतम सांसद हुनेछन्।

राष्ट्रिय सभामा निरन्तर शक्ति गुमाउने दल भने नेकपा एमाले भएको छ। २०७४ मा पहिलोपटक निर्वाचन हुँदा उसले २७ सिट जितेको थियो। राष्ट्रपतिबाट मनोनित २ जना सहित सो पार्टीको सांसद संख्या २९ पुगेको थियो। त्यतिबेला कांग्रेसले १३ सिट जितेको थियो। माओवादी केन्द्रले १२ सिट जितेको थियो। तर राष्ट्रपतिबाट मनोनित १ जना माओवादीका तर्फबाट परेकाले सो पार्टीसँग पनि १३ सिट नै भएको थियो। त्यतिबेला संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीसँग २/२ सिट थियो।

२०७६ को निर्वाचनमा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन गरिसकेका थिए। सोही वर्ष फागुन २० देखि १९ (राष्ट्रपतिबाट मनोनित एक सहित) सांसदको पदावधि सकिँदै थियो। माघ ९ गते १८ स्थानका लागि निर्वाचन भएको थियो।

नेकपाका ८, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ सांसदको प्रतिस्थापनका लागि भएको निर्वाचनमा नेकपाले १६ र राजपाले २ स्थानमा जितेका थिए। त्यसपछि राष्ट्रिय सभामा नेकपा एक्लैको ५० सिट पुगेको थियो। त्यस्तै, कांग्रेसको ६, राजपाको २ र समाजवादीको १ सिट कायम भएको थियो।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ)
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण
सम्बन्धित सामग्री
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ) सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि आजबाट छलफल सुरु हुँदैछ । मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा उनले उक्त दाबी वास्तविक नभएको उल्लेख गर्दै त्यस समयमा आफू अत्यावश्यक सन्देशहर... मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ प्रतिनिधिसभा बैठकमा कांग्रेसकी प्रमुख सचेतक वासना थापाले राष्ट्रपति रामचन्द्र पौडेले सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधान... मंगलबार, वैशाख २९, २०८३
ताजा समाचारसबै
प्रतिनिधिसभा बैठक : शीर्ष नेताले सम्बोधन गर्दै (लाइभ) मंगलबार, वैशाख २९, २०८३
पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु मंगलबार, वैशाख २९, २०८३
संसदमा निदाएको भनिएको विषयमा अर्थमन्त्री डा. वाग्लेले दिए स्पष्टीकरण मंगलबार, वैशाख २९, २०८३
राष्ट्रपति बोल्दाबोल्दै संसद्‌बाट हिंडेको घटनामा कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ मंगलबार, वैशाख २९, २०८३
स्कटल्याण्डद्वारा नेपालसामु २४४ रनको लक्ष्य प्रस्तुत, सन्दीपले लिए चार विकेट मंगलबार, वैशाख २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
एसईईको नतिजा आजै सार्वजनिक हुने सोमबार, वैशाख २८, २०८३
निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरीकाे नियन्त्रणमा सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्