काठमाडौं– पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कपमा सानदार जित निकालेको छ। पीएसजीले छैटौं तहको क्लब रेभिलमाथि ९–० को जित निकालेको हो।
पीएसजीलाई जिताउने क्रममा केलियन एमबाप्पेले ह्याट्रिक गरे। एमबाप्पेले १६, ४५ र ४८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए।
त्यसैगरी कोलो मुनईले २, एसेन्सियो, गोन्जालो रामोस र एनडौरेले १–१ गोल गरे। १ गोल भने आत्मघातीमार्फत उपहार स्वरुप पीएसजीले पाएको थियो।
फ्रेन्च कपकै अन्य खेलहरुमा रेन्नेसले गुइङग्याम्पमाथि २–० को जित निकाल्यो। मार्सेली, लेन्स, लियोन, लाभाल पनि विजयी भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।