काठमाडौं– सानदार जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा सिटीले हडर्सफिल्ड टाउनलाई ५–० गोल अन्तरले हरायो।
सिटीका मुख्य मिडफिल्डर केभिन डी ब्रुयने लामो समयपछि मैदान फर्किएको खेलमा सिटीले उत्कृष्ट जित निकालेको हो। गत अगस्टमा घाइते भएपछि डी ब्रुयने पहिलोपटक आइतबार मैदान फर्किएका थिए। उनी दोस्रो हाफमा मैदान छिरेका छिरेका थिए।
डी ब्रुयनेकै पासमा ७४औं मिनेटमा डोकुले गोल समेत गरेका थिए।
खेलको ३३ मिनेटबाटै घरेलु टोली सिटीले अग्रता बनाउन थालेको थियो। ३३ औं मिनेट र ६५ औं मिनेटमा गरी फिल फोडनले २ गोल गरे। त्यसैगरी अल्भारेज र डोकुले १–१ गोल गरे। १ गोल भने सिटीले आत्मघातीमार्फत उपहारको रुपमा पाएको थियो।
सिटी गत वर्षको एफए कप विजेता समेत हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।