काठमाडौं– आर्सनललाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ। आइतबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई २–० गोल अन्तरले हरायो।
आत्मघाती गोलबाट अग्रता बनाएको लिभरपुलले अर्को गोल थपेपछि २–० को जित निकाल्यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो।
घरेलु मैदानमा आक्रामक सुरुवात गरेको आर्सनल दोस्रो हाफमा आत्मघाती गोलका कारण पछि पर्यो। किविओरले आत्मघाती गोल गर्दा खेलको ८०औं मिनेटमा पाहुना टोली लिभरपुलले अग्रता बनाएको थियो।
९० मिनेटपछिको अतिरिक्त समयमा जोटाको पासमा डियाचले गोल गरेपछि लिभरपुलले २–० को जित निकाल्दै चौथो चरणमा प्रवेश गरको हो। पराजित भएसँगै आर्सनल भने एफए कपबाट बाहिरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।