काठमाडौं– एफए कप फुटबलमा अधिकांशसजो ठूला क्लबहरु विजयी भएका छन्। शनिबार राति भएका खेलहरुमा न्युक्यासल युनाइटेड, लेस्टर सिटी, शेफिल्ड युनाइटेड विजयी भए।
न्युक्यासलले सन्डरल्याण्डलाई ३–० गोल अन्तरले हरायो। न्यूक्यासलका लागि इस्काले २ गोल गरे। एक गोल आत्मघाती बापत उपहार स्वरुप न्युक्यासलले पाएको थियो।
त्यसैगरी लेस्टर सिटीले मिलवाललाई ३–२ गोल अन्तरले हरायो। लेस्टरका लागि कासाडेई, रिकार्डो पेरेरा, क्यानोनले १–१ गोल गरे। मिलवालका लागि वाटमोर र फ्लेममिङले १–१ गोल गरे।
अर्को खेलमा शेफिल्डले गिलङ्घमलाई ४–० गोल अन्तरले हरायो। शेफिल्डका लागि ओसुला र म्याक्टीले समान २–२ गोल गरे।
अन्य खेलहरुमा इस्पविच टाउनले विम्बल्डनलाई ३–१ ले हरायो। अक्सफोर्ड युनाइटेड भने कन्भेन्ट्री सिटीसँग ६–२ ले पराजित भयो। मेडस्टाने युनाइटेडले स्टीभेनेजविरुद्ध १–० गोल जित निकाल्यो। ब्ल्याकबर्नले क्याम्ब्रीजलाई ५–२ गोलले पराजित भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।