काठमाडौं– स्पेनिस ला–लिगा फुटबलअन्तर्गत भएको खेलमा रियल मड्रिडले जित निकाल्दै आफ्नो शीर्ष स्थानको यात्रालाई कायमै राखेको छ। बुधबार राति भएको खेलमा मालोर्कामाथि मड्रिडले १–० को कठिन जित निकाल्यो।
खेलको अन्तिम समयतिर गरेको एक गोलको मद्दतमा मड्रिड विजयी भयो। पाहुना टोली मालोर्काले मड्रिडलाई पहिलो हाफमा बराबरीमा रोकेको थियो। दोस्रो हाफको ७८औं मिनेटमा लुका मोड्रिचको पासमा रुडिगरले गोल गरेपछि मड्रिड विजयी भयो।
जारी ला–लिगाको यो सिजनका लागि रुडिगरको यो पहिलो गोल हो। जितसँगै १९ खेलबाट ४८ अंकका साथ मड्रिड लिगको शीर्ष स्थानमा छ। समान खेल र समान अंक भए पनि जिरोना गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।