काठमाडौं– ८ खेलाडीमा सीमित भएको गेटाफेविरुद्ध भाल्कानोले जित निकालेको छ। स्पेनिस ला–लिगाअन्तर्गत मंगलबार राति भएको खेलमा भाल्कानोले गेटाफेलाई २–० गोल अन्तरले हरायो।
भाल्कानोको जितमा पहिलो हाफको अतिरिक्त र दोस्रो हाफको ४७ औं मिनेटमा गरी सर्जियो कामेलोले २ गोल गरे। गेटाफेले भने ४० मिनेटबाटै रातो कार्ड खान सुरु गरेको थियो।
४०औं मिनेटमा जुआन्मी लतासा दोहोरो पहँलो कार्डपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। मासन ग्रिनवुड ५०औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए। डाइमन स्वारेज ७० औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे ८ खेलाडीमा सीमित भएको थियो।
ला–लिगामै भएका अन्य खेलहरुमा रियल सोसिडाड र अलाभेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे। भ्यालेन्सियाले भने भिल्लारियललाई ३–१ गोल अन्तरले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।