काठमाडौं– प्रशिक्षक बनेको ८३ दिनमै वायन रुनी बर्खास्तीमा परेका छन्। बर्घिङ्घम सिटीले प्रशिक्षक रुनीलाई बर्खास्त गरेको हो।
जोन युटेस्टलाई बर्खास्त गर्ने विवादस्पद निर्णयपछि बर्घिङ्घमले ३८ वर्षीय रुनीलाई गत अक्टोबर ११ मा प्रशिक्षकमा नियुक्त गरेको थियो। रुनी प्रशिक्षकमा नियुक्त हुँदा बर्घिङ्घम सिटी छैटौं स्थानमा थियो। तर रुनीले प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि अहिले बर्घिङ्घम सिटी २०औं स्थानमा पुगेको छ।
गत सोमबार मौ लिड्स युनाइटेडसँग बर्घिङ्घम ३–० ले पराजित भएको थियो। रुनीले प्रशिक्षक नियुक्त भएर जम्मा १५ खेल मात्रै खेलाएका थिए। बर्खास्तीमा परेपछि रुनीले भनेका छन्, ‘फुटबल भनेको नतिजा वेस व्यवसाय हो। तर मैले चाहेअनुसार टीमले प्रदर्शन गर्न सकेन।’
रुनीको बर्खास्तीसँगै अन्तरिम प्रशिक्षकको रुपमा स्टेभन स्नुपरलाई नियुक्त गरिएको छ। उनी रुनीकै टिममा रहेर बर्घिङ्घम सिटीमा काम गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।