काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत भएको खेलमा वेस्ट हाम युनाइटेड र ब्राइटनले गोलरहित बराबरी खेलेका छन्। मंगलबार राति भएको खेलमा यी दुई टिमले गोलरहित बराबरी खेल्दै अंक बाँडे।
खेलमा अधिकांश समय आफ्नो पक्षमा बल पोसेसन बनाउँदै आक्रमण गरे पनि ब्राइटन बराबरीमा रोकियो। ६९ प्रतिशत बल पोसेसन बनाएको ब्राइटनले घरेलु टिम वेस्ट हामको पोस्टमा २२ पटक आक्रमण गरेको थियो। जसमा ८ वटा सर्ट अन टार्गेट थिए भने वेस्ट हामले जम्मा ६ वटा आक्रमण गरेको २ वटा सर्ट मात्रै अन टार्गेट थिए।
बराबरीसँगै २० खेलबाट ३४ अंकसहित वेस्ट हाम छैटौ स्थानमा छ भने समान खेलबाट ३१ अंकसहित ब्राइटन सातौं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।