काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। एस्टन भिल्ला भने जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड नटिङ्घम फरेस्टसँग २–१ ले पराजित भयो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ६४औं मिनेटमा डोमिङ्गुले गोल गर्दै नटिङ्घमलाई अग्रता दिलाए।
तर ७८ औं मिनेटमा रास्फोर्डले गोल गरेपछि युनाइटेडले खेल बराबरीमा ल्यायो। ८२औं मिनेटमा गिबास ह्वाइटले गोल गरेपछि नटिङ्घमले २–१ को नजिता निकाल्यो।
प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले बर्नलीलाई ३–२ गोल अन्तरले हरायो। एस्टन भिल्लाको जितमा डेबी, डायबी र डग्लस लुईले १–१ गोल गरे।
बर्नलीका लागि अम्दौनी र फोस्टरले गोल गरे। ५६औं मिनेटमा ब्रेग दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बर्नली १० खेलाडीमा समेटिएको थियो।
जितसँगै एस्टन भिल्ला लिगको दोस्रो स्थानमा उक्लिएको छ। २० खेलबाट ४२ अंकसाथ एस्टन भिल्ला दोस्रो स्थानमा उक्लिदाँ एक खेल कम खेलेको लिभरपुल समान अंकका सथा गोल अन्तरका आधारमा शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।