काठमाडौं– इंग्लिस प्रिमियर लिगमा चेल्सीले कठिन जित निकालेको छ। चेल्सीले लुटन टाउनमाथि ३–२ को जित निकाल्यो।
खेलको १२औं मिनेटमा पाल्मरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। ३७ औं मिनेटमा पाल्मरकै पासमा माडुकीले गोल गर्दै पाहुना टोली चेल्सीको अग्रता दोब्बर बनाए।
दोस्रो हाफको ७०औं मिनेटमा ज्याक्सनको पासमा पाल्मरले नै गोल गरेपछि चेल्सीले ३–० को अग्रता बनाएको थियो।
त्यसपछि खेलमा चेल्सीमाथि लुटन निरन्तर दबाब राखेको थियो। ८०औं मिनेटमा बार्कलीले गोल गर्दै खेल ३–१ को अवस्थामा ल्याएका थिए। ८७औं मिनेटमा एडेबायोले गोल गरेपछि खेल ३–२ को अवस्थामा आयो।
लुटनले गरेको अर्को गोललाई भारमार्फत् अफसाइड भएको निष्कर्षपछि चेल्सीले ३–२ को जित निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।