काडमाडौं– म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा शेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै सिटी दोस्रो स्थानमा उक्लियो।
खेलको १४औं मिनेटमा फिल फोडेनको पासमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफमा फोडेनकै पासमा अल्भारेजले गोल गरेपछि सिटीले २–० को जित निकाल्यो ।
जितसँगै सिटी लिगको तेस्रो स्थानमा उक्लिएको छ।
१९ खेलबाट ४० अंकका साथ सिटी तेस्रो स्थानमा छ। समान खेलबाट ४२ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ। २० खेलबाट ४२ अंकसहित एस्टन भिल्ला दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।