काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखौं भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीहरूको समस्या समाधान गर्न एकसाथ जग्गाधनी प्रमाणपत्र दिने घोषणा गरेका छन्।
आफ्नो नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्दै जग्गा वितरणका लागि ४१ हजार हेक्टर जग्गा वितरणको लागि नाप नक्साङ्कन गरिएको बताए।
‘लाखौं भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासी र स्वबासीहरूको समस्या समाधान गर्न एकसाथ जग्गाधनी प्रमाणपत्र दिने तयारीमा छ। हालसम्म करिब १० लाख भसूमहीनको लगत संकलन भइसकेको छ। जग्गा वितरणका लाग ४१हजार हेक्टर जग्गा वितरणको लागि नाप नक्साङ्कन गरिएको छ,’ उनले भने।
साथै कानुनी जटिलता फुकाउन वन ऐन र भूमि ऐन संशोधन गरी राजस्वमा ५० प्रतिशत छुटको निर्णय तत्काल गरिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।