काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा वुल्भ्सले चेल्सीलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा वुल्भ्सले चेल्सीमाथि २–१ को जित निकाल्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा घरेलु टोली वुल्भ्स चेल्सीमाथि हाबी भयो। दोस्रो हाफको ५१औं मिनेटमा कर्नर किकमार्फत् सराबियाको पासमा लेमिनाले हेडमार्फत् गोल गर्दै वुल्भ्सलाई अग्रता दिलाएका थिए।
निर्धारित ९० मिनेटसम्म वुल्भ्सले खेल १–० को अग्रता बनाएको थियो। त्यसपछि अतिरिक्त समय ११ मिनेट थप भएको थियो। अतिरिक्त समयको तेस्रो मिनेट अर्थात ९३ औं मिनेटमा डोर्टीले अर्को गोल गरेपछि वुल्भ्सले अग्रता दोब्बर बनायो। ९६औं मिनेटमा चेल्सीका स्टर्लिङको पासमा नकुन्कुले गोल गर्दै अग्रता छोट्याएपछि वुल्भ्सले २–१ को नतिजा निकाल्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।