काठमाडौं– १० खेलाडीमा सीमित एथ्लेटिको मड्रिडले महत्त्वपूर्ण जित निकालेको छ। स्पेनिस ला–लिगामा शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्लाई १–० गोल अन्तरले हरायो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ४६औं मिनेटमा लोरेन्टेले गरेको १ मात्र गोलले एथ्लेटिको मड्रिड विजयी भयो।
७०औं मिनेटमा सोयुन्चु रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको मड्रिड १० खेलाडीमा सीमित भएको थियो। जितसँगै १८ खेलबाट ३८ अंकका साथ एथ्लेटिको मड्रिड तेस्रो स्थानमा उक्लिको छ। समान खेल र अंकसहित गोल अन्तरका आधारमा बार्सिलोना चौथो स्थानमा छ।
१८ खेलबाट समान ४५ अंकका साथ रियल मड्रिड पहिलो र जिरोना दोस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।