काठमाडौं– लिभरपुल र आर्सनले बराबरी खेल्दै अंक बाँडेका छन्। इंग्लिस प्रिमियर लिगअन्तगर्त शनिबार राति भएको खेलमा यी दुई क्लबले १–१ को बराबरी खेल्दै अंक बाँडे।
खेलको चौथो मिनेटमै ओडेगार्डको पासमा ग्राबिएल जिससले गोल गर्दै पाहुना टोली आर्सनललाई अग्रता दिलाएका थिए। तर २९औं मिनेटमा लिभपुरका अलेजेन्डर अर्नालडोको पासमा मोहमद सलाहले गोल गरेपछि खेलब १–१ को बराबरीमा आएको थियो। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि यी दुई टोलीले अंक बाँडे।
लिभरपुलसँग बराबरीमा रोकिए पनि आर्सनल अंक तालिकाको शीर्ष स्थानमा छ। १८ खेलबाट ४० अंकसहित आर्सनल शीर्ष स्थानमा रहँदा समान खेलबाट ३९ अंकसहित लिभरपुल दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।