काठमाडौं– स्पेनिक क्लब जिरोना रियल बेटिससँग बराबरीमा रोकिएको छ। ला–लिगा लिडर जिरोनालाई बेटिसले १–१ को बराबरीमा रोक्यो।
३९औं मिनेटमा पेनाल्टीमार्फत् अर्टेम डोभ्कीले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए। तर ८८ औं मिनेटमा बेटिसका पेजेल्लाले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि खेल बराबरीमा सकिएको थियो।
बेटिससँग बराबरीमा रोकिएसँगै जिरोना ला–लिगाको दोस्रो स्थानमा झरेको छ। जिरोना १८ खेलबाट ४५ अंकसहित दोस्रो स्थानमा छ। समान अंकसहित गोल अन्तरको आधारमा रियल मड्रिड शीर्ष स्थानमा छ।
ला–लिगाकै अन्य खेलहरुमा मालोर्काले ओसासुनालाई ३–२ गोल अन्तरले हरायो। काडिज र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।