काठमाडौं– रियल मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ। नेपाली समयानुसार बिहीबार राति भएको खेलमा अलाभेसलाई १–० गोल अन्तरले हराउँदै रियल मड्रिड शीर्ष स्थानमा उक्लियो हरायो।
निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा गोल गर्दै रियलले जित निकाल्यो। ९० मिनेटसम्म खेल ०–० को बराबरीमा रोकिएको थियो। त्यसपछि थप गरिएको समयमा टोनी क्रुसको पासमा लुकास भास्क्वेजले गोल गरेपछि रियलले १–० को जित निकाल्यो।
यसअघि ५४ औं मिनेटमा रातो कार्ड खाँदै नाचो मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भएको थियो। जितसँगै १८ खेलबाट ४५ अंकसहित मड्रिड ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेल र समान अंकका साथ गाल अन्तरको आधारमा जिरोना भने दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।