काठमाडौं– जिरोना स्पेनिस ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ। नेपाली समयानुसार सोमबार राति भएको खेलमा अलाभेसलाई ३–० गोल अन्तरले हराउँदै जिरोना शीर्ष स्थानमा उक्लिएको हो।
जिरोनाका जितमा डोभ्कीले २ र मन्जेनेराले १ गोल गरे। २३औं मिनेटमा डोभ्कीले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए। ४२औं मिनेटमा मन्जेनेराले गोल गरेपछि जिरोनाले अग्रता दोब्बर बनायो।
दोस्रो हाफको ५९ औं मिनेटमा पेनाल्टीमार्फत डोभ्कीले ने गोल गरेपछि जिरोनाले अलाभेसमाथि ३–० को जित निकाल्यो।
जितसँगै जिरोना ला–लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १७ खेलबाट ४४ अंकका साथ जिरोना शीर्ष स्थानमा रहँदा समान खेल खेलेको रियल मड्रिड ४२ अंकसहित दोस्रो स्थानमा छ। ३५ अंकसहित बार्सिलोना भने तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।