काठमाडौं– स्पेनिस ला–लिगामा एथ्लेटिको मड्रिड र सेभिल्ला पराजित भएका छन्। नेपाली समयअनुसार शनिबार राति भएका खेलमा यी दुबै टोली पराजित भएका हुन्।
एथ्लेटिको मड्रिड एथ्लेटिक बिल्बाओसँग २–० गोल अन्तरले पराजित हुँदा सेभिल्ला घरेलुमै मैदानमै गेटाफेसँग ३–० गोल अन्तरले पराजित भयो।
एथ्लेटिको मड्रिडलाई हराउने क्रममा बिल्बाओका लागि निको विलियम्स र गोर्का गुरुजेटाले गोल गरे। त्यस्तै सेभिल्लालाई हराउने क्रममा गेटाफेका लागि मायोराल, जेमी मेटा र ग्रिनवुडले गोल गरे।
ला–लिगाकै अर्को खेलमा सेल्टाभिगोले ग्रानाडालाई १–० गोलले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।