काठमाडौं– इंग्लिस प्रिमियर लिगमा चेल्सीले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा घरेलु टोली चेल्सीले शेफिल्ड युनाइटेडमाथि २–० को सहज जित निकाल्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै चेल्सीले सहज जित निकाल्यो। खेलको ५४ औं मिनेटमा स्टर्लिङको पासमा पाल्मरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।
७१ मिनेटमा पाल्मरकै पासमा ज्याक्सनले गोल गरेपछि चेल्सीले २–० को जित निकाल्यो। जितसँगै १७ खेलबाट २२ अंक जोड्दै चेल्सी १० औं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।