काठमाडौं– अन्तिम समय सम्हालिन नसक्दा म्यानचेस्टर सिटी घरेलुमै मैदानमै बराबरीमा रोकिएको छ। इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेसँग २–२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो।
प्रिमियर लिगका पछिल्ला खेलहरुमा लगातार संघर्ष गरिरहेको सिटी कमजोर मानिएको क्रिस्टल प्यालेससँग घरेलु मैदानमै स्तब्ध भयो। फिल फोडेनको पासमा २४ औं मिनेटमा ज्याक ग्रिलिसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५४ औं मिनेटमा रिको लुईसले गोल गरेपछि सिटीले २–० को अग्रता बनाएको थियो। तर त्यसपछिका समय सम्हालिन नसक्दा सिटी बराबरीमा रोकियो।
७६ औं मिनेटमा माटेटाले गोल गर्दै क्रिस्टल प्यालेसलाई २–१ को अवस्थामा ल्याएका थिए। ९० मिनेटपछिको अतिरिक्त समयमा पेनाल्टीमार्फत् ओलिसले गोल गरेपछि खेल २–२ को बराबरीमा सकियो।
प्रिमियर लिगकै अर्को खेलमा इभर्टनले बर्नलीलाई २–० गोल अन्तरले हरायो। न्युक्यास्टलले फुलहामलाई ३–० गोल अन्तरले हरायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।