काठमाडौं– स्पेनिस ला–लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोना बराबरीमै रोकिएको छ।
नेपाली समयअनुसार शनिबार राति भएको खेलमा भ्यालेन्सीयासँग बराबरी खेल्दै बार्सिलोनाले अंक बाँड्यो।
पहिलो हाफ फितलो प्रदर्शन गरेको बार्सिलोनाले दोस्रो हाफको सुरुवात सानदार गरेको थियो। ५५ औं मिनेटमा राफिन्हाले दिएको पासमा जाओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।
तर, ७० औं मिनेटमा लोपेजको पासमा गुल्लिमनले गोल गर्दै खेल बराबरीमा ल्याए। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि खेल १–१ गोलको बराबरीमा सकियो।
बराबरी खेल्दै अंक बाँडेको बार्सिलोना १७ खेलबाट ३५ अंकका साथ तेस्रो स्थानमा छ। एक खेल कम खेलेको जिरोना ४१ अंकसहित ला–लिगाको शीर्ष स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।