काठमाडौं– युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ अर्थात प्रि–क्वाटर फाइनलको समीकरण पूरा भएको छ। बुधबार राति समूह चरणका अन्तिम खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो।
बुधबार भएको खेलबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) र एफसी पोर्तोले प्रि–क्वाटर फाइनलको टिकट काटे। बाँकी १४ टिमको टुंगो मंगलबारको खेलबाटै लागिसकेको थियो।
छनौटको मुखमा रहेर पनि अन्तिम खेलमा हार ब्यहोरेपछि इंग्लिस क्लब न्युक्यास्टल युनाइटेड भने समूह चरणबाटै बाहिरियो।
समूह चरण पार गर्दै अन्तिम १६ मा पुग्नेमा स्पेनिस ला–लिगा क्लबहरुको वर्चस्व रहेको छ। स्पेनिस क्लबहरु रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिड र रियल सोसिडाड अन्तिम १६ मा पुगेका छन्। अन्तिम १६ मा ला–लिगाका यी चार क्लबहरुले स्थान पक्का गरेका हुन्।
कुन–कुन टिम पुगे अन्तिम १६ मा ?
समूह ‘ए’: विजेता– बार्यन म्युनिख (जर्मनी), उपविजेता– एफसी कोपनहेगन (डेनमार्क)
समूह ‘बी’: विजेता– आर्सनल (इंग्लायण्ड), उपविजेता– पीएसभी (नेदरल्याण्ड)
समूह ‘सी’: विजेता– रियल मड्रिड (स्पेन), उपविजेता– नापोली (इटाली)
समूह ‘डी’: विजेता– रियल सोसिडाड (स्पेन), उपविजेता– इन्टर मिलान (इटाली)
समूह ‘ई’: विजेता– एथ्लेटिको मड्रिड (स्पेन), उपविजेता– लाजिओ (इटाली)
समूह ‘एफ’: विजेता– बोरुसिया डर्टमन्ड (जर्मनी), उपविजेता– पीएसजी (फ्रान्स)
समूह ‘जी’: विजेता– म्यानचेस्टर सिटी (इंग्ल्याण्ड), उपविजेता– आरबी लेइपजिग (जर्मनी)
समूह ‘एच’: विजेता– बार्सिलोना (स्पेन), उपविजेता– एफसी पोर्तो (पोर्चुगल)
इंग्लिस क्लब म्यानेचस्टर युनाइटेड आफ्नो समूह ‘ए’को अन्तिममा रहँदै युरोपा लिगबाट समेत बाहिरिएको छ। समूह ‘ए’ मै रहेको गालाटासारेले तेस्रो स्थानमा रहँदै युरोपा लिगमा आफ्नो स्थान पक्का बनाएको छ।
पहिलो पकट च्याम्पियन्स लिगमा समावेश भएको युनियन बर्लिन भने आफ्नो समूह ‘सी’ को अन्तिममा रहँदै बाहिरियो। तेस्रो सिजनपछि पहिलो पटक बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।