काठमाडौं- स्पानिस ला लिगामा जिरोनाले बार्सिलोनालाई ४-२ गोल अन्तरले पराजित गरेको छ। यो जितसँगै जिरोना लिगको शीर्ष स्थानमा उक्लिएको छ। जिरोनाले बार्सिलोनामाथि जित हात पारेको यो पहिलो पटक हो।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा अर्टेम ढोभबिकले १२औं मिनेटमा गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए।
रोबर्टो लेवान्डोस्कीले १९औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए। तर मिगुएल गुटिरेजले ४०औं मिनेटमा गोल गरेपछि जिरोनाले पहिलो हाफमै २-१ को अग्रता बनायो।
भालेरी पर्नान्डेजले ८०औं मिनेटमा गोल गर्दै जिरोनालाई ३-१ को अग्रता दिलाए । इन्जुरी टाइमको दोस्रो मिनेटमा बार्सिलोनाका इल्के गुन्डागोवनले गोल गर्दै गोलअन्तर घटाएका थिए। तर इन्जुरी टाइमको पाँचौ मिनेटमा क्रिस्टियन स्तुअनीले गोल गरेपछि जिरोनाले बार्सिलोनामाथि जित निकालेको हो। जितसँगै जिरोना १६ खेलबाट ४१ अंक जोडेर जिरोना शीर्ष स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।