काठमाडौं– इंग्लिस प्रिमियर लिगमा बुधबार राति भएको खेलमा लिभरपुल र म्यानचेस्टर युनाइटेड विजयी भएका छन्।
लिभरपुलले शेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले हरायो। अलेक्जेन्डर अर्नाडोको पासमा ३७औं मिनेटमा भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। ९० मिनेटपछिको अतिरिक्त समयमा डार्बिन नुनेजको पासमा एसेबोजलाइले गोल गरेपछि लिभरपुलले २–० को जित निकाल्यो।
त्यसैगरी म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–१ को जित निकाल्यो। युनाइटेडको जितमा दुबै गोल म्याक्टोनीले गरे। खेलको नवौं मिनेटमै युनाइटेडले पेनाल्टी पाएको थियो। तर ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्न सकेनन्।
१९औं मिनेटमा म्याक्टोनीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। ४५ औं मिनेटमा चेल्सीका पाल्मरले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा म्याक्टोनीले अर्को गोल गरेपछि युनाइटेडले जित निकाल्यो।
६९औं मिनेटमा गार्नाचोको पासमा म्याक्टोनीले गोल गरेका थिए। प्रिमियर लिगका अन्य खेलहरुमा ब्राइनटले ब्रेनफोर्डमाथि २–१ को जित निकाल्यो। बोर्नमाउथले क्रिस्टल प्यालेसमाथि २–० को र फुलहामले नटिङहम फरेस्टमाथि ५–० को जित निकाले।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।