काठमाडौं– वुल्भ्सलाई हराउँदै आर्सनल इंग्लिस प्रियमिर लिगको शीर्ष स्थान कायमै रहेको छ। नेपाली समयानुसार शनिबार राति भएको खेलमा आर्सनलले वुल्भ्सलाई २–१ गोल अन्तरले हरायो।
खेलको छैटौं मिनेटमा टोमियसुको पासमा साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। १३औं मिनेटमा जिन्चेन्कोको पासमा ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए।
पहिलो हाफमा २–० को अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा १ गोल खायो। ८६ औं मिनेटमा नेल्सन सेमेडोको पासमा म्याथुसले गोल गरेपछि वुल्भ्सले दूरी छोट्याउँदै २–१ को स्थितिमा ल्याएको थियो। बाँकी समय दुबै तर्फबाट गोल नभएपछि आर्सनलले २–१ को नतिजा निकाल्यो।
जितसँगै १४ खेलबाट ३३ अंकका साथ आर्सनल लिगको शीर्ष स्थानमा छ। १ खेल कम खेलेको म्यानचेस्टर सिटीको २९ अंक छ। सिटीले आज (आइतबार) बलियो प्रतिस्पर्धी टोटनहामसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।