• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सल्टिसकेका राजनीतिक मुद्दा शासकीय कमजोरीले पुन: बहसमा

64x64
किशोर दहाल शुक्रबार, मंसिर १५, २०८०  १२:१५
1140x725
दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते बल्खुमा भएको प्रदर्शन

काठमाडौं– दुर्गा प्रसाईंको नेतृत्वमा मंसिर ७ गते भएको प्रदर्शनमा सहभागी हुन बल्खु पुगेका धापाखेलका संगम महर्जनले कांग्रेस, एमाले तथा माओवादीले लोकतन्त्र र गणतन्त्रको नाम दिएर शासन गरिरहे पनि देशको अवस्था झन्‌झन् बिग्रिँदै गएको बताए। देशमा रोजगारी नभएको, त्यही कारण सक्षम जनशक्ति विदेश पलायत हुने क्रम बढेको उनको भनाइ थियो।

‘आर्थिक स्थिति राम्रो नहुनुको जिम्मेवार को हो? किन रोजगारीमा वृद्धि भएन? चारैतिर महंगी बढेको छ’, प्रदर्शनमा आउनुको कारणबारे उनले नेपाल लाइभसँग भने, ‘देशमा रोजगारी नपाएपछि लगानी गरेको, पढेको के काम? अनि यो देश कसका लागि बनाइयो? विदेश नै जानुपर्ने अवस्था अहिलेकै राजनीतिक दलका अक्षम नेतृत्वले गर्दा भएको हो।’

सो प्रदर्शनमा सहभागी हुन आएका कतिपय मानिसहरूले आफू ऋणमुक्त भइएला भन्ने आशा राखेको देखिन्थ्यो। त्यसका लागि उनीहरूले राजतन्त्र फर्काउने प्रसाईंको अभियानलाई समर्थन गरेका थिए। सर्लाहीकी गौरीदेवी चौधरीले नेपाल लाइभलाई बताएकी थिइन्, ‘लघुवित्तको ऋण मिनाहा गराइदिने भनेपछि राजतन्त्र फर्काउने प्रदर्शनलाई समर्थन गरेका हौँ।’

त्यस्तै, कतिपयले आफ्नो ऋणको बोझ गणतन्त्रको उपज भएको र राजतन्त्र फिर्ता भएमा ऋणमुक्त भइने भनेर समेत बुझेका थिए। पर्साकी कृष्णपति चौधरीको भनाइ थियो, ‘हाम्रो ऋण मिनाहा गराउने भनेका छन्। ऋण मिनाहा हुने भए त किन उनलाई साथ नदिने? अहिले देशलाई राजाको खाँचो छ। गणतन्त्र आएर देशमा के परिवर्तन भएको छ र? झन महँगी बढेको छ। ऋणको ब्याज चर्को गरी बढेको छ।’

सो प्रदर्शनमा करिब ९ हजार मानिस सहभागी रहेको सार्वजनिक भएको छ। तीमध्ये कैयौं गलत मनशाय बोकेर प्रदर्शनमा आएका हुनसक्छन्। तर, राज्यका कमजोरीबाट सिर्जित व्यक्तिगत समस्याले तड्पिएका मानिस पनि त्यहाँ थिए भन्नलाई महर्जन तथा चौधरीद्वय जस्ता व्यक्तिलाई सन्दर्भमा लिन सकिन्छ। यद्यपि प्रदर्शनको बाह्य नारा नै ‘राजतन्त्र पुनःस्थापना’ वकालत गरिएपछि गत मंसिर ७ गते राजधानीको मुख्य खबर नै त्यही हुनपुग्यो।

२०६२/६३ को जनआन्दोलनपछि लोकतान्त्रिक आन्दोलनका उपलब्धि भनिएका गणतन्त्र, धर्म निरपेक्षता, संघीयता जस्ता विषयमा पुनः छलफल भइरहेको देखिन्छ। जसलाई प्रसाईं नेतृत्वको सो प्रदर्शनले थप सघन बनाएको छ। उल्लेखित उपलब्धिका विपक्षमा रहेका समूहले गणतन्त्रपछि पनि आम नागरिकको जनजीवनमा खासै सुधार हुन नसकेको दलिल पेस गर्न थालेका छन्। माथि उल्लेख गरिएका महर्जन तथा चौधरीद्वयको भनाइले त्यो दलिललाई आधार प्रदान गर्छ।

गणतन्त्रपछि कैयौँ क्षेत्रमा राम्रो नै भइरहे पनि, कैयौं क्षेत्रमा राज्यका परम्परागत कमजोरी भने निरन्तर नै रहेको विश्लेषकहरु बताउँछन्। ‘कमजोर डेलिभरी त सधैं उठ्ने विषय हो। यो हाम्रो पुरातन प्रवृत्ति हो’, राजनीतिक समाजशास्त्रका प्राध्यापक डा उद्धव प्याकुरेल भन्छन्, ‘कल्याणकारी राज्य, समाजवाद उन्मुख राज्य, सामाजिक न्याय उन्मुख राज्य भनिएको छ। त्यसअनुसार भूइँमान्छेहरू राज्यको सबैभन्दा बढी प्राथमिकतामा हुनुपर्ने हो। उनीहरूलाई केन्द्रित गरेर नीतिहरू बन्नुपर्ने हो। तर त्यस्तो हुन सकेको छैन। जस्तो कि, एकदमै न्यून आय भएका मान्छेहरू र उच्च आय भएका मान्छेहरू उही बिस्कुट किन्न जाने हो भने बराबरी मूल्य पर्छ। त्यसबाट न्यून आय भएका, न्यून क्रयशक्ति भएका मान्छेलाई मर्का पर्छ।’

राज्यको बेवास्तामा परेर नागरिक प्रताडित भएका कैयौँ घटनाहरू दैनिकजसो समाचारमा प्रकाशित भइरहेका हुन्छन्। राज्यका अंगहरूलाई त्यस्ता घटना साना र नियमित लाग्न सक्छन्, तर सम्बन्धित व्यक्तिलाई ठूलो असर पर्न सक्छ। जसले गर्दा कतिपयले ‘गणतन्त्रपछि के चाहिँ भयो त?’ भनेर चर्चा गर्ने अवसर पाउने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘हाम्रो राज्य सञ्चालकसँग सुझबुझ भएन। नाराचाहिँ लोककल्याणकारी र समाजवाद उन्मुख राज्यको लगाइयो। तर हाम्रो आर्थिक र विकासका नीतिहरूचाहिँ अहिले पनि धनी पोस्ने वा नवउदारवादी ढाँचाको छ। नाफा कमाउन अर्बौं ऋणि लिनेलाई र गुजारा गर्न दुईचार कुखुरा पाल्न ऋण लिनेलाई एउटै आँखाले हेर्ने खालको छ। गरिबलाई ब्याजमा सहुलियत मिल्दैन। यस्तो गर्नेमा अहिलेको मात्रै होइन, विगतदेखिकै सरकारको शैली उस्तै रहिआएको छ। यो बिडम्बनापूर्ण छ’, प्याकुरेल भन्छन्।

२०७२ मा संविधान जारी भएपछि संघीय शासन प्रणाली अपनाइयो। स्थानीय तह नागरिकसँग तत्कालै जोडियो। तर प्रदेशलाई भने नागरिकले मात्रै होइन, दलहरू र संघीय सरकारले पनि बक्रदृष्टि राख्ने गरेका छन्। जबकि संघीय प्रणालीमा संघीय सरकार खुम्चिँदै जाने र प्रदेश सरकार फैलिँदै जाने हुनुपर्ने थियो। दलहरूले प्रदेशको प्रभावकारिता बढाउनका लागि चासो नदेखाउँदा र कर्मचारीतन्त्रले संघलाई नै थप बलियो बनाउन खोज्दा संघीय संरचनामाथि पनि यतिबेला प्रश्न उठ्न थालेको छ।

यतिबेला यो व्यवस्था र राजनीतिक उपलब्धिमाथि भइरहेको बहस नागरिकको भोगाइबाट मात्रै सिर्जना भएको छैन। त्यसका थप दुई वटा पाटा पनि छन्। पहिलो, दक्षिणपन्थी भनिने दलहरू र त्यससँग निकट व्यक्ति तथा संस्थाहरूको सक्रियता बढेपछि गणतन्त्रवादी पार्टीहरूले व्यक्तिगत तथा सामूहिक रुपमा व्यवस्थामाथि संकट आउन लागेको भनेर प्रचार गरिदिए। जबकि, तिनै दल र नेताहरूको कार्यशैलीमाथि प्रश्न उठेको थियो। उनीहरूले आफूमाथिको प्रश्नलाई व्यवस्थामाथिको प्रश्नको रुपमा प्रस्तुत गरिदिएकाले पनि बहस सिर्जना भयो।

दोस्रो, यो व्यवस्था र संविधानको विपक्षमा रहेको समूहले सामान्य नागरिकका समस्यालाई एकीकृत गरेर व्यवस्थाको विपक्षमा बहस सिर्जना गराउने प्रयत्न गरिरहेको पनि देखिन्छ। जसका कारण एक/डेढ दशकअघि नै सल्टिसकेका विषयले पुनः चर्चा पाइरहेका छन्।

प्याकुरेल भन्छन्, ‘एउटा हुने खाने वर्गको तप्काले निराशा बढाइरहेको छ। कतिपय विषयमा पहिले मधेसले विरोध गर्दा, मधेसले विरोध गरेकैले हाम्रो लागि राम्रो होला भनेर मैनबत्ति बालेर समर्थन गर्‍यो। तर व्यवस्थाका अवयवहरू बुझ्दै गएपछि यो त हुने खाने वर्गका लागि भन्दा पनि निमुखा र पछाडि पारिएका वर्गहरुका लागि पनि काम लाग्ने व्यवस्था रहेछ भनेर बुझ्न थाले। जसका कारण उनीहरू कतिपय सवालमा विरोधमा उत्रन थालेका छन्। उनीहरू भन्न थालेका छन्- यो निर्वाचन प्रणाली नसच्चिएसम्म स्थिर सरकार हुँदैन। तर प्रश्न उठ्छ- पहिले त उहाँहरूले भनेजस्तै निर्वाचन प्रणाली थियो, तर त्यतिबेलाचाहिँ स्थिरता थियो त?’

गणतन्त्रमा नागरिकले भोगेका जे समस्या छन्, त्यो राजतन्त्र आएर समाधान हुने होइन। बरु अरु बल्झिने प्याकुरेलको भनाइ छ। ‘२००७ सालदेखि २०४६ सम्मको अवधि र २०४६ पछिको अवधिलाई तुलना गरेर हेरौँ। भ्रष्टाचार गर्ने मामलामा, विकास नगर्ने मामलामा, नातावाद र कृपावादको मामलामा, सामाजिक न्याय सुनिश्चित नगर्ने मामलामा राजतन्त्र नै अगाडि थियो’, उनी भन्छन्, ‘अहिलेको व्यवस्थाको विकल्प त राजतन्त्र हुनै सक्दैन। बरु अरु सबल र बृहत् लोकतन्त्र हुनसक्छ। अरु सबल संघीयता हुनसक्छ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १२:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको ‘१५औँ केन्द्रीय महाधिवेशन तयारी समिति’को दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका... बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सबैको विश्वास जितेर अघि बढ्नुपर्ने बताए । संकटको समयमा जनताले आश्वासन र साम... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने तयारीमा देउवा समूह बुधबार, भदौ १७, २०८३
सभामुखको विशेष प्रस्ताव पारित, उद्धार र पुनर्स्थापनामा सबै संयन्त्र परिचालन गर्न निर्देशन बुधबार, भदौ १७, २०८३
उपत्यकामा व्यावसायिक प्रयोजनका लागि ग्यास बिक्रीमा रोक बुधबार, भदौ १७, २०८३
प्रधानमन्त्रीलाई प्रचण्डको चेतावनी– संकट समाधानमा गम्भिर नभए अवसरले प्रधानमन्त्रीलाई नपर्खिन सक्छ! बुधबार, भदौ १७, २०८३
भोटेकोशी विपत्तिबारे वस्तुगत विवेचना आवश्यक : सांसद थापा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्