काठमाडौं– यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले सानदार जित निकालेको छ। गएराति भएको खेलमा आर्सनलले फ्रेन्च क्लब लेन्समाथि ६–० को सानदार जित निकाल्यो।
आर्सनलका लागि ६ फरक खेलाडीले गोल गरे। १३ मिनेटबाट गोल गर्न सुरु गरेको आर्सनलले ८६ मिनेटसम्म गोल गर्यो। ग्राबियल जिससको पासमा काई हार्भटजले गोल गर्दै आर्सनललाई अग्रता दिलाउन सुरु गरेका थिए।
त्यसपछि पहिलो हाफमा थप ४ गोल गर्दै आर्सनलले पहिलो हाफमै ५–० को अग्रता लिएको थियो। हार्भटजसँगै पहिलो हाफमा जिसस, साका, मार्टिनेली, ओडेगार्डले गोल गरे। दोस्रो हाफको ८६औं मिनेटमा जर्जिन्सहोले पेनाल्टीमार्फत गोल गरेपछि आर्सनलले ६–० को सानदार जित निकाल्यो।
जितसँगै ५ खेलबाट १३ अंकका साथ समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै आर्सनल नकआउट चरणमा प्रवेश गरेको छ। यही समूहको पीएसभी समान ५ खेलबाट ८ अंकसहित दोस्रो, लेन्स ५ अंकसाथ तेस्रो र सेभिल्ला २ अंकका साथ पुछारमा छ। सेभिल्ला च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ भने पीएसभी र लेन्सको नआउट चरणमा प्रवेश हुने सम्भावना अझै कायम नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।