काठमाडौं– यूईएफए च्याम्पियन्स लिगमा लगातार खराब प्रदर्शन गरेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगबाट समेत बाहिरिने खतरामा पुगेको छ।
नेपाली समयअनुसार बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड गालाटासारेसँग ३–३ को बराबरीमा रोकिएपछि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना निकै जोखिममा पुगेको छ। यति मात्रै होइन, अब खेल्ने १ खेल हारेको अवस्थामा युनाइटेड युरोपा लिगबाट समेत बाहिरन्छ।
बुधबार भएको खेलमा सुरुवाती अग्रता लिए पनि जोगाउन नसक्दा युनाइटेड बराबरीमा रोकियो। खेलको ११औं मिनेटमा ब्रनो फर्नान्डेसको पासमा गार्नाचोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। १८औं मिनेटमा बु्रनो फनान्डेसले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए।
तर, २९औं मिनेटमा गालाटासारेका जियेचले गोल गरेपछि खेल २–१ को स्थितिमा आयो। दोस्रो हाफको ५५औं मिनेटमा म्याक्टोमिनीले गोल गरेपछि युनाइटेडले पुनः २–१ गोलको अग्रता लियो।
६२औं मिनेटमा जियेचले नै गोल गरेपछि खेल ३–२ को गोल स्थितिमा आयो। ७१औं मिनेटमा एक्टुरकोग्लुले गोल गरेपछि खेल ३–३ को बराबरीमा आयो। बाँकी समय दुवै पक्षबाट गोल नभएपछि खेल ३–३ को बराबरीमा सकिएको थियो।
बराबरीसँगै युनाइटेड समूह ‘ए’ को पुछारमा रहेको छ। ५ खेलबाट युनाइटेडको जम्मा ४ अंक छ। यही समूहको बायर्न म्युनिख १३ अंकका साथ शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरिसकेको छ। एफसी कोपनहेगन र गालाटासारेको समान ५–५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।