काठमाडौं– स्पेनिस ला–लिगा क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा रियल मड्रिडले इटालियन क्लब नापोलीलाई ४–२ गोल अन्तरले हरायो।
रियल मड्रिडका लागि चार फरक खेलाडीले गोल गरे। खेलको ९औं मिनेटमा लोरेन्जोको पासमा सिमोनले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए।
तर ११ औं मिनेटमा डियाचको पासमा रोड्रिगोले गोल गरेपछि रियलले खेल १–१ को बराबरीमा ल्यायो। २२ औं मिनेटमा अलबाको पासमा बेलिङ्घमले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए।
दोस्रो हाफको ४७औं मिनेटमा जाम्बो अंगुइसाले गोल गरेपछि नापोलीले पुनः २–२ गोलको बराबरी गर्यो। तर खेलको अन्त्यतिर रियलले २ गोल गर्दै नतिजा आफ्नो पक्षमा पार्यो। ८४औं मिनेटमा रुडिगरको पासमा पाजले गोल गरे। ९० मिनेटपछिको अतिरिक्त समयमा बेलिङ्घमको पासमा होसेलुले गोल गरेपछि रियलले ४–२ को नतिजा निकाल्यो।
जितसँगै समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै रियल अन्तिम १६ मा प्रवेश गरेको छ। समूह ‘सी’ मा रियलको पाँच खेलबाट १५ अंक छ। समान खेल खेलेका नापोलीको ७, स्पोर्टिङ ब्रागाको ४ र युनियन बर्लिनका् २ अंक छ। नापोली र स्पोर्टिङ ब्रागाको अन्तिम १६ मा प्रवेश गर्ने बाटो बाँकी नै रहे पनि युुनियन बर्लिन भने बाहिरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।