काठमाडौं– युवा खेलाडी गार्नाचोको उत्कृष्ट गोलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ। आइतबार राति भएको इंग्लिस प्रिमियर लिगको खेलमा म्यानचेस्टर युनाइटेडले इभर्टनलाई ३–० गोल अन्तरले हरायो।
म्यानचेस्टर युनाइटेडको जितमा ३ फरक खेलाडीले गोल गरे। खेलको तेस्रो मिनेटमै डालोटको पासमा गार्नाचोले उत्कृष्ट गोल गरेका थिए।
डालोटको पासमा तेस्रो मिनेटमै अविश्वसनिय बाइसाइकल गोल गर्दै गार्नाचोले म्यानचेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डोले रियल मड्रिडमा रहँदा च्याम्पियन्स लिगमा युभेन्टसविरुद्ध गरेको जस्तै गोल गरेपछि गार्नाचाले रोनाल्डो शैलीकै सेलिब्रेसन गरेका थिए।
दोस्रो हाफको ५६औं मिनेटमा पेनाल्टीमार्फत् रास्फोर्डले अर्को गोल थपेपछि म्यानचेस्टर युनाइटेडले अग्रता दोब्बर बनायो।
७५ औं मिनेटमा ब्रुनो फर्नान्डेसको पासमा मार्टेलले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले ३–० को जित निकाल्यो। जितसँगै १३ खेलबाट २४ अंकका साथ म्यानचेस्टर युनाइटेड छैटौं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।