काठमाडौं–विश्वकप फुटबलको एसियन छनोटमा नेपाल र यमनबीच प्रतिस्पर्धा भैरहेको छ।
दशरथ रंगशालामा पहिलो हाफको खेल सकिँदा दुवै टिमले गोल रहित बराबरी खेलेका छन्।
नेपालले यमनसँग पहिलो लेगको खेल दशरथ रंगशालामा खेल्दैछ।
छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोलले पराजित भएको थियो।
घरेलु मैदान भएकाले नेपालमाथि आज जित्नैपर्ने दबाब रहेको छ। पहिलो हाफमा धेरै मौका पाए पनि नेपाली खेलाडीले प्रहार गरेको बलले जाली चुम्न सकेन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।