प्यूठान– चार दिनदेखि बेपत्ता रहेका प्यूठानको नौबाहिनी गाउँपालिका–३ खवाङका आमा–छोरा मृत अवस्थामा भेटिएका छन्।
२२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगरको शनिबार शव फेला परेको प्रहरीले जनाएको छ।
घरदेखि करिब १५० किलोमिटरको दूरीमा भीरमा आमाको शव फेला परेको र उनको भन्दा करिब मिटरको दूरीमा छोरा मुस्कानको शव फेला परेको हो।
कात्तिक २७ गतेदेखि उनीहरु बेपत्ता थिए। माइती पक्षले खबर गरेपछि प्रहरीले उनीहरुको खोजी गरेको थियो।
घरमै रहेका श्रीमान् कमल बुढामगरले श्रीमती र छोरा हराएको खबर प्रहरीलाई नगरेपछि हत्यामा उनकै संलग्नता हुनसक्ने माइती पक्षको दाबी छ।
घटनाको अनुसन्धानका लागि २३ वर्षीय श्रीमान कमललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।