काठमाडौं– नेपालीहरुको महान चाड विजया दशमी र दीपावली मनाएर काठमाडौं उपत्यका फर्किनेहरुको संख्या बढेको छ।
काठमाडौं उपत्यका भित्रिने मुख्य नाका नागढुंगा, थानकोटबाट उपत्यका भित्रिनेहरु चाडपर्वहरु सकिएसँगै फर्किन थालेका हुन्।
सरकारी बिदा सकिएको र निजी क्षेत्रमा काम गर्नेहरुको पनि चाडवाड बिदा सकिएसँगै झोला बोकेर फर्किनेहरु राजधानीका सडकहरुमा बाक्लै देखिन्छन्।
सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै काठमाडौं उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा चाडपर्व मनाउन घर गएकाहरु फर्किन थालेका हुन्।
काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा शुक्रबार घरबाट काठमाडौं फर्किनेहरुको चहलपहल बाक्लो देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।