• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

वैदेशिक राेजगारी अनुभव : ड्रग्स नखाने र आत्महत्या नगर्ने अडानले मात्र बाँचेँ

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  ०२:३६
1140x725

इटहरी–  मजदुर हुने सपना कसैले पालेको हुँदैन। अरूको निगरानीमा बस्न सायदैले मात्र रुचाउलान्। सबैलाई मालिक बन्नु छ, धनी हुनु छ। कसैका बाबुआमालाई आफ्नो सन्तानले देशबाहिर दुख गरोस् भन्ने लाग्दैन।  

तर विधिको विधान सोचेजस्तै कमैलाई मात्र हुन्छ। जे आफूलाई मन पर्दैन त्यही गर्नुपर्ने बाध्यताका माझ धेरैको जीवन चलिरहेको हुन्छ। 

तीन वर्षसम्म कोरिया बसेर उपचारको लागि नेपाल फर्किएका विज्ञान राईको जीवन पनि पनि बाध्यताका बीच बाँचिरहेको छ। 

कुनै बेला अस्ट्रेलिया र अमेरिका जाने ‘अफर’ वेवास्ता गरेका राई हाल दक्षिण कोरियमा काम गर्छन्। राजनीति र जनसम्पर्क बिग्रने डर भयो उनलाई। जति बेला उनी जनता बहुमुखी क्याम्पसमा नेविसंघ इकाइ समिति सभापति थिए अस्टे«लिया जाने अफर अन्तै मोडे। प्रेमिकाले बारम्बार उनलाई अस्ट्रेलिया गएर उतै सेटल हुनुपर्छ भनिन्। यो कुरा उनलाई चित्त बुझेन। यतिसम्म कि, उनले कि प्रेमिका छाड्नुपर्ने, कि अस्ट्रेलिया जानुपर्ने भयो। राईको रोजगाइमा पहिलो विकल्प नै पर्यो।

संखुवासभाको सदरमुकाम खाँदबारीस्थित पाङ्मामा जन्मिएका राई गाउँका साहु महाजन परिवारका सदस्य हुन्। उनका बाजेहरू पनि राजनीतिमा त्यतिकै सक्रिय थिए। ‘बाजेहरूले कुनै व्यवसाय गरेनन्, बरु जग्गा बेचेरै राजनीति गरिरहे,’ उनी भन्छन्, ‘त्यसै कारण सम्पूर्ण खेतबारी राजनीतिमा सकियो’। 

यसमा उनलाई कुनै लघुताभाष छैन। बाजेहरूले आफ्नै लागि कमाएका थिए, आफूले आफ्नै लागि कमाउनुपर्ने उनको बुझाइ छ। 

गाउले परिवेशमा हुर्किएका राईको कुनै ठूलो सपना थिएन। त्यो बेला गाउँमा एकदुई घरमा मात्र जस्ताको छानो थियो। ‘मलाइ केही गर्न नसके पनि साउदी गएर केही हजार कमाएर ल्याउन जस्ताको छानो भएको घर बनाउँछु भन्ने लागेको थियो।,’ उनी भन्छन् , ‘जब सहर पसियो ती सपना अपुरा रहेछन्। सहरकै रहनसहनले तान्यो। साउदी पुग्ने सपना युकेतिर आकर्षित भयो।’ 

‘त्यो बेला युके आर्मीको लोकप्रियता अति नै थियो। दुई पटकसम्म ब्रिटिस आर्मी लाग्ने सपना पूरा गर्न लागे राई। ‘नहुनु मामाभन्दा कानो मामा नै जाती’ भनेजस्तै उनी नेपाल प्रहरीको असई पदमा पनि भिडे। ‘तत्काल ९ लाख रुपैयाँ दिन नसक्ने भएपछि त्यता पनि चिप्लियो’ राई सुनाउँछन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यही बेला बिद्यार्थी राजनीतिमा पनि सक्रिय हुन थाले राई। राजनैतिक क्रियाकलपमा सहभागी भएको भन्दै धेरै पटक पक्राउ पनि परे। कान्तिपुर, नागरिक, अन्नपूर्णलगायत केन्द्रीय मिडियामा उनको समाचार छापिन थाल्यो। ‘त्यसले राजनीतिप्रति हौसला मिल्यो’। उनी भन्छन्,  ‘त्यस बेला मभन्दा ठूलोे पनि यो सहरमा कोही होला र? भन्ने लाग्थ्यो।’

राजनीति सँगै ठेक्कापट्टा पनि चलेकै थियो। मासिक १ देखि २ लाखसम्म कमाई हुन थाल्यो। ८÷१० जना केटाहरू अघिपछि लगाएर नहिँडी चित्त नबुझ्ने अवस्थामा पुगे उनी। शहरमा नाम र गोजीमा दामको कमी भएन। 

शक्ति र सत्ता अस्थायी हुन्छ भन्ने भनाइ राईको जीवनमा पनि मेल खायो। बिस्तारै आम्दानीका बाटा सुक्न थाले। पहिला एक दुई लाख नटुट्ने गोजीमा एक हजार हुन मुस्किल हुन थाल्यो। राजनीति प्रतिको मोह भंग हुन थाल्यो। पारिवारिक दबाद बढ्न थाल्यो। ‘राजनीतिमा लागेर पनि उन्नति होला नहोला जस्तो भयो’ राई सुनाउँछन्। 

‘त्यतिकैमा के गर्ने के गर्ने भन्ने भयो। पहिला अस्ट्रेलिया जाऊँ भन्नेहरू पनि सम्पर्कविहीन भइसकेका थिए’, छिस्स हाँसेका राई रोकिएनन्, ‘अब नेपालमै बसौँ भने कमाई छैन, विदेश जाँउ भने यति गरेपछि खाडी नै कसरी जानु दोहोरो बाध्यतामा परियो।’ 

Xtrem

Xtrem

त्यसपछि काठमाडौँमा इपीएस भाषा परीक्षाको तयारी गर्न थाले उनले। नभन्दै नाम पनि निस्कियो। त्यस दिन उनलाई युद्ध नै जितेसरह लाग्यो। ‘कुनै नेतालाई चुनावमा विजयी हुँदा जुन खुसी मिल्छ त्यो भन्दा कम खुसी भइन म’, उनी भन्छन्, ‘अब कोरिया जाने, महिनाको २ लाख कमाउने, केही महिनामा ऋण तिरिसक्ने र एकाध करोड कमाएर घर बनाउने, घरजम गर्ने, बिजनेस गर्ने सम्पूर्ण योजना एकैछिनमा बन्यो।’  

जानेबेलामा उत्साहित थिए राई। देश, साथीभाइ, परिवार छाड्नुपर्दाको तनाव भएपनि योजना पूरा गर्ने सपना बोकेर उनी कोरिया पुगे। आफूले फिल्ममा देखेजस्तै लाग्यो कारिया। विमानस्थलमै लिन कम्पनीका मालिक आइपुगेका रहेछन्। ‘विमानस्थलकै कर्मचारीले बोलाएर सोध्यो तेरो कम्पनीमा अरू कोही छ कि छैन?’ ‘छैन’ मैले भने। 

‘एउटा ट्रकजस्तो गाडी तिर देखाउँदै त्यसमा जान इसारा गर्यो। त्यसै बेला मुटुले ठाउँ छाडिसकेको थियो।’

मन गाह्रो भयो तर पनि उनी सँग कुनै विकल्प थिएन। सहर हुँदै गाउँ पुगे। उनलाई लाग्यो यही गाउँमा कतै काम गर्नुपर्ने रहेछ। त्यहाँबाट पनि करीव ३ घन्टा पछि जंंगलको बीचमा पुगेपछि उनको हंसले ठाँउ छाड्यो। वरिपरि जंगल, बीचमा एउटा मात्र घर, वरिपरि सुँगुर फार्म। त्यो बाहेक केही थिएन। साहुले एउटा फोहोर झुपडी देखाउँदै झोला त्यही बिसाउन भन्यो उनलाई। 

‘खाना बनाउन आउँछ’ साहुनीले सोधिन्, ‘अलिअलि आउँछ’ मैले भने। ‘घरमा सम्पर्क गरिस्’ साहँुले थप प्रश्न गरे। ‘कहाँबाट गर्नु, छैन’, भनें’ उनी सम्झन्छन् ‘अनि उसले आफ्नै  मोबाइलबाट सम्पर्क गर्न भने। मैले भाइलाई फोन गरें। म केही बोल्न सक्ने अवस्थामा थिइँन। ‘म आइपुगे है’ मात्र भनेँ। बाकी त्यसपछि उसले के भन्यो उनलाई याद छैन। 

सोचेभन्दा धेरै फरक पाए उनले कोरिया। कसैसँग कुरा गरौँ भने वाइफाइ थिएन।  खानेकुरा पनि केही थिएन। उनको मनमा बेचैन महसुस भयो। अत्तालीए राई। यस्तै होला भोलि तिर व्यवस्थापन होला नि, भन्दै उडुससँगै उनको रात बित्यो। त्यस रात पटक्कै निदाउन सकेनन् उनी। तर के गर्ने निन्द्रा पुगेन भनेर बस्ने कुरा थिएन। एकाबिहानै उनी काममा निस्किए।

ठेला कुदाउनुपर्ने र सुगरलाई चारो हाल्नु पर्ने काम थियो। नेपालमा हुँदा घरको सामान्य काम पनि पैसा तिरेर गराउने राईलाई धेरै गाह्रो भयो। एकातिर सोचेजस्तो नभएको अर्कातिर कोरियन खाना, खाइनसक्नु। सुरुसुरुमा धेरै गाह्रो भयो। यसैले उनलाई मानसिक र शारीरिक रूपमा कमजोर बनाउँदै लग्यो।

करिब एक सातापछि मात्र उनले नेपाली खानाको स्वाद लिन पाए। त्यस दिन उनलाई लामो तिर्खापछि पानी भेटे जतिकै भयो। उनी आफैले दाल, भात र बैगुनको सब्जी पकाए। ‘सात दिन राम्ररी खान पाएको थिइँन,  भोक लागेको झ्वाँकमा हातले मुछेर खाँदै थिए। साहुले देखेर करायो’ उनी भन्छन्, ‘फेरी चम्चाले खाएँ। त्यस दिनदेखी चाहिँ सास आएजस्तो लाग्यो।’ 

निरन्तर काम चल्दै थियो। दुइतीन महिना उनको काम ठिकै भयो। काम बिगार्दा पनि साहुले सिकाउँथे, काम सघाउँथे पनि। समय बित्दै गयो, दुई महिनापछि सामान्य काम बिग्रिए पनि गाली गर्ने कराउने गर्न थाले। यति सम्मकी एउटा प्लास्टिकको बोतल फुट्दा समेत गाली गर्न थाले। अति भएपछि कहिलेकाँही भागेर जाउँ कि जस्तो लाग्न थाल्यो उनलाई। तर फेरी यस्तो दुख गरेर आएको छु किन जाने भन्ने भयो। टेन्सन धेरै भएपछि उनले रक्सीको सहारा लिन थाले। दिनको ३ बोतलसम्म रक्सी सिध्याएको उनी सुनाउँछन्। 

बिस्तारै तनावका शीर्षक परिवर्तन हुन थाले। परिवारबाट पैसा पठाए हुन्थ्यो भन्ने जस्ता कुरा आउन थाले। पुगेको ३ महिना भइसक्यो पैसाको अत्तोपत्तो छैन त भनेर घरबाट फोन हुन थाल्यो। नेपालका साहुले के छ हौ खबर? भन्दै ऋण सम्झाउन थालिसकेका थिए। अब ऋण मात्र तिर्न पाए पनि हुन्थ्यो भन्ने ध्यान हुन थाल्यो उनलाई। 

परिवार र साथीभाइबाट दवाव दिन थालेपछि उनी डिपे्रसनमा परे। जे गर्दा पनि रिस उठ्न थाल्यो। साहुले खाना खान जाँउ भन्दा पनि रिस उठ्ने। कसैले फोन म्यासेज गर्ने बित्तिकै ‘इरिटेट’ लाग्न थाल्यो उनलाई। 

‘फेरी एक मनले सम्झिन्थे आखिर म यहाँ काम गर्नकै लागि आएको हो। म नोकर नै हो भन्ने महसुस हुन्थ्यो। अनि आफंै सम्हालिन्थे। रिसाउँ भने छेउमा कोही थिएन। आफंै रुने र आफैं सम्हालिने बाहेक कुनै विकल्प बाँकी रहेन’ उनी भन्छन्। 

हुन त काम गर्नेका लागि कोरिया धेरै राम्रो रहेको उनको बुझाइ छ। त्यहाँ पुगेपछि उनलाई नेपालीले श्रमलाई सम्मान गर्न नसकेको कारण यस्तो भएको रहेछ भन्ने लाग्यो। नेपालमा मालिक भएपछि काम गर्नै हुँदैन भन्ने धारणा छ। तर कोरियनहरू कामदारसँगै काम गर्छन्। श्रमिकको कपडा धुनेदेखि सानो काम पनि गरिदिन्छन्। काममा सानो ठुलो भन्ने हुँदैन।  

नेपालबाट कोरिया जानेहरू प्राय कोरियन फिल्म हेरेर जान्छन्। त्यसै अनुसार उनीहरूले धारणा बनाएका हुन्छन् पनि। तर फिल्मभन्दा हजारौँ गुणा फरक हुन्छ त्यहाँको परिवेश। कोरियामा श्रम शिविरमा जसरी खटिनुपर्छ। नेपालमा केही काम नगरेको युवालाई त्यसले धेरै असर गर्छ। साथीभाइ पनि नभएको कमजोर मानसिकता बोकेको युवाले त्यसै बेला आत्महत्या समेत गर्ने गर्छन्। गएको केही महिना काममा अभ्यस्त हुन समय लाग्छ। तर परिवार र साथीभाइहरू पुग्ने बितिकै देखी पैसाको आस गर्न थाल्छन्। जसले गर्दा युवामा  मानसिक तनाव बढ्न थाले।  

एउटै कम्पनीमा फरक÷फरक देश–परिवेश र संस्कारका मानिसहरू हुन्छन्। सबैको आफ्नो आफ्नो समस्या हुन्छ। त्यही कारण कति कामदारको झगडा हुने गर्छ। मालिकसँग मनमुटाव भइरहेको हुन्छ। तलव आएको हुँदैन। त्यही बेला नेपाली साहुको फोन आउँछ। घरबाट पैसाको कुरा आउँछ। छोराछोरी बिरामी परेको समाचार सुनिन्छ। चौबिसै घण्टा मानिस डिप्रेसनमा भइरहेको हुन्छ। त्यो बेला केही सोच्न सक्दैनन् र धेरै आत्महत्या हुने गरेको उनको बुझाइ छ। ‘मैले पनि धेरै पटक यस विषयमा सोचे तर ड्रग्स नखाने र आत्महत्या नगर्ने मेरो अडानकै कारण म बाचेको हुँ,’ उनी भन्छन्। 

कोरिया गएदेखि धेरै आफन्तसँग सम्बन्ध बिग्रिसकेको उनी बताउँछन्। ‘विदेशमा गएपछि पैसा धेरै कमाउँछ भन्ने आस आफन्तलाई हुन्छ। तर सोचेजस्तो हुँदैन। आफूसँग पैसा हुँदैन र भए पनि कसैलाई तिर्न ठिक्क पारेको हुन्छ। आफन्त र साथीभाइले पैसा दे दे भन्दै माग्छन्’ उनी भन्छन्, ‘छैन अथवा अहिले पुग्दैन भन्यो भने, पैसा कमाएपछि ठूलो भैछस् भन्नेदेखि बोलचाल नै बन्द पनि हुन्छ।’ 

अझैसम्म पनि कोरिया धेरैको सपनाकै देश हो। पैसा धेरै कमिन्छ भनेरै युवाहरूको रोजाइमा कोरिया परीरहेको छ। तर त्यही कोरियामा नेपालीले कस्तो जीवन बाचिरहेका छन्? धेरैलाई जानकारी छैन। पैसा टिप्न जाने धेरैलाई कालले टिपेको उदाहरण छ। वार्षिक रूपमा सरदर १५ जना नेपालीले कोरियामा आत्महत्या गर्छन्। कोरियामा  नेपाली ज्यान सुरक्षित छैन। अन्तिममा उनले थपे 'ड्रग्स नखाने र अात्महत्या गर्नेछैन भनेर अडान लिएकाले मात्र बाँचे। काेरियाका तुलनामा नेपालमा काम गर्न धेरै सजिलाे छ। अाफूमा भएकाे माेति चाँहि चिन्दैनाैं हामी।'
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  ०२:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका बिहीबार, असोज ८, २०८३
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्