• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

घुमुवा प्रहरीको अपरेशनबारे सर्वोच्चको व्याख्या– विना जानकारीको खानतलासी ‘लुटपाट’ 

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ३०, २०८०  १३:५२
1140x725

काठमाडौं– सादा पोसाकका प्रहरी अर्थात् घुमुवा प्रहरी कै कारण चोरी तथा लुटपाटलाई कानुनसम्मत मान्न सकिने अवस्था नरहेको सर्वोच्च अदालतले व्याख्या गरेको छ। प्रहरी समेत संलग्न भएको एक डाँका तथा चोरी घटनाको मुद्दामा अन्तिम फैसला सुनाउँदै सर्वोच्च अदालतले यस्तो व्याख्या गरेको हो। 

घुमुवा प्रहरीको नाममा खानतलासी गर्ने र समान नियन्त्रणमा लिने, तर कुनै पनि पूर्जी नदिने कार्य घुमुवा प्रहरीको अपरेशनभन्दा पनि चोरी तथा डाँका घटनासँग सम्बन्धित रहेको सर्वोच्चले व्याख्या गरेको छ। 

जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत रहेका घुमुवा प्रहरी हवल्दार रविन चौगुठी समेतको संलग्नतमा भएको प्रहरी खानतलासीको घटनाको मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको हो। सर्वोच्च अदालतका तत्कालीन कामु प्रधानन्यायाधीश (हाल प्रधानन्यायाधीश) विश्वम्भरप्रसाद श्रेष्ठ र न्यायाधीश हरिप्रसाद फुयालको गत भदौ ३ गतेको इजलासले प्रहरी समेत संलग्न भएको चोरी तथा डाँका घटनाको अन्तिम फैसला सुनाएको थियो। 

उक्त फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ। पूर्णपाठमा उल्लेख भएको घटना विवरणअनुसार २०७१ असार २९ गते काभ्रेको बनेपाबाट ७२ थान बुद्धचित्तको माला लुटपाट भएको थियो। सिन्धुलीबाट भक्तपुरतर्फ आउँदै गरेको बा ३ ख ३९०४ नम्बरको ट्रिपरबाट अजय तामाङ, राजु लामा, लोकेन्द्र तोलाङ्गे, जयकृष्ण श्रेष्ठ र काभ्रेका घुमुवा प्रहरी हवल्दार रविन चौगुठी भएर माला लुटपाट गरेका थिए।  

हवल्दार चौगुठी समेत मिलेर घुमुवा प्रहरीको नाममा खानतलासी गर्ने नाममा उक्त माला नियन्त्रणमा लिइएको थियो। उक्त माला घुमुवा प्रहरी चौगुठीले अजय र लोकेन्द्रलाई दिएर फरार बनाएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि माला धनी राजेन्द्र दोङले प्रहरी हवल्दार चौगुठीकै योजनामा आफ्नो माला लुटिएको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि काभ्रे प्रहरीले घुमुवा प्रहरी हवल्दार चौगुठीलाई पक्राउ गरेको थियो। उनीहरु सबैविरुद्ध जिल्ला अदालत काभ्रेमा डाँका चोरीको घटनामा मुद्दा चलाइएको थियो। सबै जनालाई जनही ६ वर्ष कैद र १ लाख ३७ हजार ४९७ रुपैयाँ जरिवाना सुनाइएको थियो। 

जिल्लाको उक्त फैसलाविरुद्ध घुमुवा प्रहरी चौगुठीलगायतका व्यक्तिहरु उच्च अदालत पाटन गएका थिए। उच्च अदालत पाटनले २०७२ फागुनमा फैसला सुनाउँदै डाँका नभएर चोरी मात्र भएको ठहर गर्दै १ महिना कैद र जनही ९१ हजार ६२५ रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। 

उच्चको उक्त फैसलाविरुद्ध घुमुवा प्रहरी चौगुठी फेरि सर्वोच्च अदालत गएका थिए। उनले हाकिमको मौखिक आदेशमा खानतलासी गरिएको दाबी गर्दै अदालतमा समेत बयान दिएका थिए। तर सर्वोच्चले पनि फैसला गर्दै लुटपाट नभएर चोरी भएको र घुमुवा प्रहरी भएकै कारण चोरी वा लुटपाटबाट उन्मुक्ति नपाउने फैसला सुनाएको छ।

Xtrem
Xtrem

फैसलामा भनिएको छ, ‘घुमुवा प्रहरी भएकै कारण अपराध गर्ने छुट नरहेको र सजायबाट उन्मुक्ति दिन मिल्दैन।’ 

त्यसैगरी घुमुवा प्रहरी परिचालनका लागि आवश्यक कानुनी र संरचनात्मक व्यवस्था गर्न समेत सर्वोच्चले नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ। 

घुमुवा प्रहरी चौगुठीले अन्य प्रतिवादीहरुसँग मिलेर कसुरजन्य कार्य गरी कानुनलाई आफ्नो हातमा लिइ गरेको कार्यलाई कानुन बमोजिम भन्न नमिल्ने सर्वोच्चको व्याख्या छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  १३:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन
देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔं : भट्टराई
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ)
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
देश झन् अँध्यारोतर्फ गएको छ : अध्यक्ष राजेन्द्र लिङ्देन आइतबार, असोज १८, २०८३
देश विकासका सन्दर्भमा आगामी १०-२० वर्षमा कहाँ पुग्ने भनेर अहिले नै योजना बनाऔं : भट्टराई आइतबार, असोज १८, २०८३
खुलामञ्चमा कांग्रेस महाधिवेशनको उद्घाटन सत्र (लाइभ) आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनले नेपालको लोकतान्त्रिक यात्रामा योगदान पुर्‍याउनेछ : भाजपा अध्यक्ष आइतबार, असोज १८, २०८३
भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबीच लोकतन्त्रिक सहकार्यको लामो इतिहास छ : अध्यक्ष खड्गे आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्