• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ २८, २०८३ Sun, Sep 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

बिम्बको सहायतामा टिकटक बन्दप्रति प्रतिक्रिया- ‘गर्धन काट्ने’देखि ‘पत्रु खाना’सम्म

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २८, २०८०  ११:०३
1140x725

काठमाडौं– सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि सामाजिक सञ्जालहरूमा समर्थन र विरोधमा प्रतिक्रियाहरू व्यक्त भइरहेका छन्।

सरकारी निर्णयको समर्थन गर्नेहरूले टिकटकमार्फत् खराब सामग्रीको उत्पादन र प्रशारण सहज भएको बताएका छन्। उनीहरूले सिर्जनशील दिमागहरूलाई टिकटकले भुलाएकाले पनि यसलाई बन्द गरिनु ठिक भएको बताएका छन्।

सरकारी निर्णयको विरोध गर्नेहरूले भने अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको प्रतिक्रिया दिएका छन्। उनीहरूले सामाजिक सञ्जाललाई बन्द गर्नेभन्दा पनि नियमन गरिनुपर्थ्यो भनेका छन्। यस्ता प्लेटफर्म बन्द गर्नाले गलत नजिर बस्ने उनीहरूको चिन्ता पाइन्छ।

सरकार स्वयंले टिकटकलाई बन्द गर्ने निर्णय लिनुको पछाडि यसबाट सामाजिक सद्भाव विथोलिने गरेको कारण प्रस्तुत गरेको छ। ‘हाम्रो पारिवारिक संरचना, हाम्रो सामाजिक सम्बन्धलाई खलबल्याउने गरी लगातार प्रचारप्रसार भइरहेका छन्,’ सरकारकी प्रवक्ता रेखा शर्माले निर्णयबारे जानकारी दिँदै भनेकी थिइन्।

अब लागौँ सामाजिक सञ्जालमा व्यक्त भएका प्रतिक्रियातर्फ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले टिकटक बन्दलाई गर्धन काट्ने प्रवृतिसँग तुलना गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘गर्धनमा पिलो आयो भने गर्धन नै काट्ने प्रधानमन्त्रीज्यू? कि जोखिमरहित उपचार खोज्ने?’

उनले टिकटकमार्फत् द्वेष फैलाउनेलाई पहिचान गर्न, नियम बनाइ बन्द गर्न सुझाव दिएका छन्। ‘तर एउटा बिराउने, सारा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ। यो निर्णय अविलम्ब फिर्ता होस्,’ उनले भनेका छन्।

गर्धनमा पिलो आयो भने गर्धननै काट्ने @PM_nepal_ ? कि जोखिम रहित उपचार खोज्ने ?

द्वेष फैलाउनेलाई पहिचान गर, नियम बनाइ बन्द गर, No comment l तर एउटा बिराउने साह्रा पिराउने ढंगले समग्र टिकटक बन्द गर्ने सोच अलोकतान्त्रिक छ l यो निर्णय अविलम्ब फिर्ता होस् l

Ncell 2
Ncell 2
nimb
nimb
— Bishwa Prakash शर्मा (@bishwaprakash77) November 13, 2023

लेखक अभय श्रेष्ठले टिकटक बन्दलाई सुन्तलाको बोट काट्ने प्रवृत्तिसँग तुलना गरेका छन्। उनले यो निर्णयबाट सरकार सिर्जनाशून्य भएको सावित भएको उल्लेख गरेका छन्। ‘यो त अरिंगालले गुँड लगायो भनेर गुणी सुन्तलाको बोट नै काट्ने मुर्खताभन्दा पनि चर्को मुर्खता हो। टिकटक एउटा उपयोगी माध्यम हो। जाने यसबाट धेरै फाइदा लिन सकिन्छ,’ फेसबुकमा उनले लेखेका छन्।

‘पछिल्लो समय हमासको निहुँमा इजरायलले प्यालेस्टेनी बस्तीमा गरेको अत्याचार लगायत पश्चिमा सञ्चार र सामाजिक सञ्जालले निषेध गरेका खबर र भिडियोहरू सार्वजनिक गर्ने यो गजबको माध्यम बनेको छ। टेक्ने जमिन र समाउने हाँगा नभएका धेरै प्रतिभालाई यसले स्टार बनाएको छ,’ श्रेष्ठको भनाइ छ, ‘यसलाई दुरुपयोग गरिएका उदाहरण पनि अनेक छन्। त्यसलाई नियमन गर्ने हो, प्रतिबन्ध लगाउने होइन। सामाजिक सद्भाव बिगार्ने काम टिकटिकले भन्दा बढी नेताहरूले गरेका छन्। तिनलाई के गर्ने? सरकारले यो अविवेकी निर्णय अविलम्ब फिर्ता लेओस्।’

पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले टिकटक शब्द प्रयोग नगरी सरकारी निर्णयप्रति व्यंग्य गरेका छन्। ‘विद्यार्थीले जे पायो त्यही लेखिदिए भनेर स्कूलमा ब्ल्याकबोर्ड नै हटाइदिएछन्!,’ उनले एक्समा लेखेका छन्, ‘हेडसरले!!’

विद्यार्थीले जे पायो त्यही लेखिदिए भनेर स्कूलमा ब्ल्याकबोर्ड नै हटाइदिएछन्!

हेडसरले!!

— Madhu Raman Acharya (@MadhuRamanACH) November 13, 2023

सरकारको निर्णयको समर्थन गरेका अर्का लेखक केशव दाहालले टिकटकलाई पत्रु प्लेटफर्मको रुपमा चित्रित गरेका छन्। उनले यो बन्द हुँदा वाक स्वतन्त्रता कुण्ठित नहुने तर्क गरेका छन्।

‘मेरो विचार चै के छ भने- पत्रु खाना रोक्नुलाई खाना खाने अधिकार कुण्ठित गरेको मानिँदैन। पत्रु प्लेटफर्महरूको दुर्व्यसन अति भयो। अभद्र र टिपटापे रोग। डिजिटल दुर्व्यसन। त्यसैले मलाई लाग्छ, टिकटक बन्द हुँदैमा वाक स्वतन्त्रता मर्दैन। वाक स्वतन्त्रतालाई न त टिकटकले जोगउने हो, न त बलियो बनाउने हो,’ फेसबुकमा उनले लेखेका छन्।

उनले थपेका छन्, ‘जुन मान्छेले जे बोल्नुपर्ने हो, त्यो नबोलेर अरुनै कुरा बोल्यो भने वाक स्वतन्त्रता कसरी बलियो हुन्छ? बोल्नुपर्ने कुरा नबोल्नु र नबोल्ने कुरा बोल्नुलाई वाक स्वतन्त्रता भनिँदैन। बरु नयाँ पुस्तालाई सामाजिक विमर्शमा सहभागी गराऔँ। वाक स्वतन्त्रता त्यसै बलियो हुन्छ। अन्यथा, नयाँ पुस्ता टिकटकमा उल्कापात गरेर बस्ने हो भने वाक स्वतन्त्रता दिएर पनि त्यो बलियो हुँदैन। फगत बोल्नु र वाक स्वतन्त्रताको उपयोग गर्नु फरक छ।’

कैयौँ नेता, लेखक तथा सामाजिक सञ्जालका विभिन्न माध्यम प्रयोगकर्ताहरूले पनि मिश्रित प्रतिक्रिया दिएका छन्।

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले टिकटक प्रतिबन्ध लगाउनु कुनै पनि हिसाबले उपयुक्त नदेखिएको बताए। ‘यसले सरकारको लोकतान्त्रिक आस्था र प्रतिबद्धतामाथि नै गम्भीर प्रश्न उठाउन सक्छ र प्रत्युत्पादक हुनसक्छ। सरकारले तुरून्त यो गल्ती सच्याओस् र सामाजिक सन्जालको दुरूपयोग गर्ने प्रतिगामी र असामाजिक तत्वहरूलाई निरूत्साहित गर्ने वैकल्पिक लोकतान्त्रिक विधि अपनाओस्,’ एक्समार्फत् उनको सुझाव छ।

शुरूमा कुनै पनि प्रकारको प्रविधिको दुरूपयोग हुने र त्यसलाई राज्य/समाजले विधिसम्मत ढंगले नियमन गर्ने र विधिको पालन नभएमा विधिसम्मत ढंगले नै दण्डित गर्ने स्थापित लोकतान्त्रिक पद्धति हो। नेपालमा पनि केही समयदेखि सामाजिक सन्जाललाई कतिपय प्रतिगामी,अराजक,उच्छृंखल व्यक्ति/समूहले…

— Baburam Bhattarai (@brb1954) November 13, 2023

एमाले महासचिव शंकर पोखरेलले पनि सरकारी निर्णयको विरोध गरेका छन्। ‘नियमनकारी कानुन बनाउदा विरोध गर्ने, तर नियमनका नाममा छनौट आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है,’ फेसबुकमा उनले लेखेका छन्, ‘अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन। कन्टेन आधारित नियमन नै अराजकता र छाडापन रोक्ने उपयुक्त बाटो हो। ध्यान देऊ।’

एमालेकै अर्का नेता महेश बस्नेतले भने सरकारी निर्णयलाई स्वागतयोग्य निर्णय भनेका छन्। अन्य सामाजिक सञ्जाल र युट्युब पनि तत्काल नियमन गरोस्,’ फेसबुकमा उनले लेखेका छन्, ‘यो माध्यमबाट अपराध गरिरहेकाहरुलाई कारबाहीको दायरामा ल्याओस्।’

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा
कृष्णभीरको सडक सञ्चालनमा आएसँगै ग्यास बुलेट चल्न थाले
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा आइतबार, भदौ २८, २०८३
कृष्णभीरको सडक सञ्चालनमा आएसँगै ग्यास बुलेट चल्न थाले आइतबार, भदौ २८, २०८३
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने आइतबार, भदौ २८, २०८३
१५औं महाधिवेशनका विषयमा छलफल गर्न सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु आइतबार, भदौ २८, २०८३
हरितालिका तीजमा लाइनको सास्ती घटाउने उपायः भोलि बिहान ३ बजेबाट खुल्नेछन् पशुपतिनाथका चारै ढोका आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ? शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्