• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पाइलट बन्न चाहन्छिन् जहाज दुर्घटनामा बाँचेकी यी एक्ली पात्र

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०७५  १३:५६
1140x725

काठमाडौं– अल्टिच्यूड एयरको हेलिकोप्टर दुर्घटनामा आनी डोल्मा मात्र बाँचिन्। अस्पतालको सघन उपचार कक्षमा आनीको उपचार भइरहँदा उनीजस्तै दुर्घटनामा बाँच्न सफल गोमा एयरकी परिचारिका प्रज्ञा महर्जनबारे कुरा गरौं।

‘निर्मम दुर्घटनामा परेर पनि बाँचेपछिको जीवन कस्तो लाग्दो रहेछ? के यो साँच्चै नाफाको जिन्दगी हो त?’

२०७४ जेठ १३ गते शनिबार लुक्ला विमानस्थलमा भएको दुर्घटनामा बाँच्न सफल प्रज्ञालाई लाग्दो रहेछ, दुर्घटना कहिल्यै सम्झन नपरोस्। तर के गर्नु, दुर्घटनाको घाउ शरीरभरि अझै साक्षी बनेर बसेका छन्। जीउ राम्ररी तंग्रिएको छैन। हात–गोडा फतक्क गल्छन्। घटना सम्झदा कता-कता मन निसासिन्छ।

दुर्घटनामा उनका दुवै हात, दायाँ खुट्टा र मेरुदण्ड भाँचिएका थिए। उपचारसँगै थेरापी र व्यायाम गर्दै दिन काटिरहेकी छिन् उनी। ‘निहुरिन हुँदैन, सामान्य वस्तु उचाल्न पनि गाह्रो हुन्छ’, प्रज्ञाले भनिन्, ‘शारिरीक रुपमा बिस्तारै ठिक हुँदैछु। तर नयाँ जीवन पाएर भने रमाइलो लागिरहेको छ। अबका दिनमा मेरो सपना पूरा गर्न लाग्नेछु।’

दैनिक सय मिटरसम्म हिँडेर शरीरलाई पूर्ववत् बनाउन लागिपरेकी प्रज्ञाको सपना के छ त?

‘म कम्तिमा पनि भेस्ना भूलोभिक बन्न चाहन्छु’, उनी मुस्कुराइन्।

के हो यो 'भेस्ना भूलोभिक' भनेको? 

Ncell 2
Ncell 2
nimb
nimb

'भेस्ना भूलोभिक' एयर होस्टेसकै नाम रहेछ। जहाज दुर्घटनामा बाँचेकी एक सर्वियन एयर होस्टेस। सन् १९७२ मा सर्बियाबाट चेकोस्लोभाकियाका लागि उडेको विमान एकाएक दुर्घटनामा पर्‍याे। डोलास डिसी–९ नामको सो विमानमा रहेका सम्पूर्ण यात्रुसहित चालकको निधन भयो। तर, संयोगबस् २१ वर्षिया परिचारिका 'भेस्ना भुलोभिक' भने बाँच्न सफल भइन्। ३३ हजार फिटमाथि आकासबाट धर्तीमा झरेर पनि बाँच्न सफल बनेकी भेस्नाको नाम गिनिज बुकमा लेखियो। 

‘भेस्ना फेरि आफ्नै दुनियाँमा फर्किएकी रहेछिन्, उनको अठोटलाई मान्नु पर्छ’, नेपाली भेस्ना बन्न चाहने प्रज्ञाले भनिन्, ‘भेस्ना त फेरी एयर होस्टेस मात्र भइन्, मलाई त पाइलट नै हुन मन छ।’ 

१५ महिना अघिको त्यो शनिबार। अर्थात् २०७४ जेठ १३ गते। प्रज्ञाका लागि त्यो पाँचौ उडान अर्थात् हालसम्मकाे अन्तिम उडान थियो। मौसम पनि खराब थिएन। लुक्ला आफैंमा कठिन विमानस्थलमा दरिन्छ। त्यसैले मौसमको हेक्का नराखी त्यता कोही उड्दैन। तर गोमा एयरल्यान्सको नाइन एनएकेवाइ (याङ्की) विमानस्थल नजिकै पुग्दा अप्रत्याशित रुपमा अनियन्त्रित हुन पुग्यो। प्रज्ञालाई सम्झना छ, 'जहाज अलिक हल्लिएको थियो। गडबडी सुरु भयो भन्ने नलागेको होइन। विमानस्थलमा अवतरण गर्न खास समय लाग्दैन भन्ने पनि थियो, त्यसैले अनिष्ट हुँदैन भन्ने आशा थियो। तर जहाज एकाएक दुर्घटनामा पर्यो।'

Xtrem

Xtrem

दुर्घटनाग्रस्त गोमा एयरको जहाज। फोटोः सामाजिक सञ्जाल


‘मलाई ६ घण्टापछि मात्र चेत खुल्यो, बल्ल थाहा पाएँ कि, जहाज त साँच्चै दुर्घटनामा पो परेको रहेछ,’ प्रज्ञाले अमिलो मन पार्दै उही घटना सम्झिन्, ‘जहाज त धावनमार्ग भन्दा ५० मिटर परको भीरमा ठोक्किएको रहेछ।’

कार्गो बोकेको सो जहाजमा क्याप्टेन पारस कुमार राई र को-पाइलट सृजन मानन्धर थिए। दुर्घटनामा दुबैको मृत्यु भयो। भीरमा बजारिएको जहाजमा प्रज्ञा गम्भीर घाइते भइन्। उनलाई उद्धार गरेर काठमाडौं ल्याइयो। चेक–जाँचपछि उनलाई शल्यक्रिया गर्नुपर्ने भयो। डा विनोद बिजुक्छेले 'स्पाइनल सर्जरी' गरे। हात खुट्टाको शल्यक्रिया भने डा चक्रराज पाण्डेले गरे। ‘डाक्टरहरुले अबका केही महिनामै मलाई काममा फर्कन योग्य हुने बताएका छन्’, उनले सुनाइन्, ‘मेरो मनमा अठोट छ, म फेरी काममा फर्किन्छु। सके पाइलट बन्छु नत्र एयर होस्टेस त छँदै छ।’

२०५२ सालमा जन्मिएकी ललितपुरकी प्रज्ञा कालिमाटीको बर्नहार्ट कलेजबाट प्लस टूपछि उड्ययनसम्बन्धि तालिम प्राप्त हुन्। तालिम सकेपछि  विमान परिचारिकाको पहिलो अनुभव पनि उनका लागि लुक्ला नै थियो। ‘लुक्लालाई खरतनाक विमानस्थल भन्थे तर मलाई त्यस्तो लाग्दैनथ्यो, दुर्घटना भन्ने कुरा मेरो दिमागमा कहिल्यै आएन’, उनले भनिन्, ‘तर दुर्भाग्य भयो। जिन्दगीमा यस्तो दुर्घटना पनि भोगियो।’

प्रज्ञामा पहिलेभन्दा अहिले अझै आत्मविश्वास बलियो बन्दै आएको अनुभूति सुनाइन् उनकी आमा गुलाब महर्जनले। भनिन्, ‘हामीलाई पनि त्यो घटना सम्झन नपरोस् जस्तो लाग्छ। तर, अहिले छोरीलाई निको हुँदै आएको छ। उसले आफ्नो मन दह्रो बनाएको देख्दा खुसी लागेको छ।’

प्रज्ञालाई भेट्दा उनका सहकर्मीहरु सबैले दुर्घटनापछिको बाँकी जीवनलाई अझै सुन्दर र कर्मशील बनाउन सुझाव दिने रहेछन्। यस्ता सुझाव र सद्भावले उनमा अझै ऊर्जा र रस भरिने रहेछ।

त्यसैले त उनी भन्छिन्, ‘लाइफ इज ब्युटिफूल।’

प्रकाशित मिति: सोमबार, भदौ २५, २०७५  १३:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ?
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
जी-७ मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री खनालले उठाए जलवायू न्यायकाे माग, नेपाललाई पाँच अर्ब डलर लाग्ने तथ्यांक पेश बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
लुम्बिनी, काेसी र गण्डकी भारी वर्षा अन्य प्रदेशमा के छ ? बिहीबार, असोज ८, २०८३
मंसीर पहिलाे साता प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमण जाने तयारी बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्