काठमाडौं– नेपालले विश्वकप छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने टोलीको घोषणा गरेको छ।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले विश्वकप छनोटको दोस्रो चरणमा यूएईको घरेलु मैदानमा खेल्ने नेपाली टिमको घोषणा गरेका हुन्।
नेपालले आगामी बिहीबार यूएईको घरेलु मैदानमा विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेल खेल्दैछ । नेपाली टिम आइतबार यूएईतर्फ प्रस्थान गर्ने कार्यतालिका रहेको छ।
अखिल नेपाल फुटबल संघ एन्फाले शुक्रबार यूएई जाने नेपाली टिमको बिदाई गरेका थिए। चोटका कारण डिफेन्डर अनन्त तामाङ राष्ट्रिय टिम बाहिर परेका छन्।
किरण चेम्जोङको कप्तानी रहने नेपाली टिममा दिप कार्की र अभिषेक बरालले गोलपोस्ट सम्हाल्नेछन्। डिफेन्समा सनिस श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमित श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ छन्।
मिडफिल्डरमा लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदेम्बे र निशान हमाल छन्। नेपालको फरवार्ड लाईनमा अन्जन विष्ट, आयुश घलान, जिलेस्पी जंग कार्की, हिसब थपलिया, सञ्जिव विष्ट र राजेश परियार रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।