काठमाडौं– झापामा ८ वर्षीया र धनकुटामा १३ वर्षीया बालिका बलात्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार दुवै बलात्कार घटनामा अभियुक्तलाई पक्राउ गरिएको छ।
धनकुटामा १३ वर्षीया बालिकाकलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महालक्ष्मी नगरपालिका–५ बस्ने ५० वर्षीय गोपाल बस्नेत र ५२ वर्षीय राम बहादुर कटुवाल रहेका छन्। उनीहरु दुई जना मिलेर सामुहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी झापामा ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा मेचिनगर नगरपालिका–१५ भिन्डी बस्ती बस्ने २१ वर्षीय सुकलाल हस्दालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।
८ वर्षीया बालिकालाई सोमाबार दिउँसो आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
ती बालिकाको घरमा कोही नभएको अवस्थामा उनीहरूले सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।